सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रूखबाट लडेर गम्भीर घाइते भएकी महिलालाई नेता प्रभाकरको पहलमा विमान चार्टर गरी कोहलपुर लगियो !

रुकुम पश्चिममा रुखबाट लडेर गम्भीर घाइते भएकी एक महिलालाई पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका नेता जनार्दन शर्मा प्रभाकरको पहलमा विमान चार्टर गरी उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

सानीभेरी गाउँपालिका–९ निवासी गंगा डाँगी रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । टाउकोमा गम्भीर चोट लागेकी उनलाई तारा एयरको विमान चार्टर गरी उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको हो ।

Sana Kishan

प्रभाकरका अनुसार चौरजहारीमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सिजन ओली र गोपाल शर्माले फोनमार्फत उक्त घटनाबारे उनलाई जानकारी गराएका थिए । खबर पाएलगत्तै इमर्जेन्सी उद्धारका लागि आफूले पहल गरेको उनले बताए ।

 

World Link Ads
Mahakali Polytechnic

(रातोपाटी बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.