सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ३, २०७७
1 मिनेट पाठ
radio7star.org बाट साभार

radio7star.org बाट साभार

फागुन ३ गते बैतडी — बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको आइतबार ११ दिन पुगेको छ । प्रहरीका उच्च अधिकारीहरूले आफैं घटनास्थलमा अनुसन्धान गरिरहे पनि अहिलेसम्म संलग्न कसैको पहिचान हुन सकेको छैन ।

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७
10

अवैध मदिराले गुमाए दर्जनौँ ब्यक्तिले ज्यान !

फाल्गुन १४, २०७७
50

दोगडाकेदारअन्तर्गत पर्ने साबिकको देउलेक गाविसमा यो घटना हुनुभन्दा अघि भएका पाँच जनाको हत्या घटनामा अनुसन्धान नै नभएको पाइएको छ । गुपचुपमा राख्ने गरिएकैले अपराधका घटनाले निरन्तरता पाउँदा भागरथीको हत्या भएको त होइन भन्ने टीकाटिप्पणी पनि हुन थालेको छ ।

दोगडाकेदार–७ मल्लागाउँका जयसिंह कार्की २०७४ भदौ १४ गते साँझतिर साथीभाइसँगै घरबाट पौने घण्टा पैदल हिँडेर दारकुडी मन्दिरमा मेला भर्न गएका थिए । राति मेलामा एक स्थानीयले कुटपिट गरिरहेको देखेपछि उनका भतिजा भोजबहादुरले जोगाएका थिए । त्यसपछि भोजबहादुर मेलामा आफ्ना साथीहरूसँगै रमाए । काका भने बीचमै छुटे । रातिको समय, बाक्लो भीडभाड । भोजबहादुरलाई काकाको वास्ता भएन । भोजबहादुरले सुनाए, ‘बिहान घर जाने बेला खोजी गर्दा त काका मेलास्थलनजिकै मृत अवस्थामा भेटिए ।’ त्यसबेला जयसिंह भर्खर २५ वर्षका थिए । जयसिंहको मृत्युपछि उनका श्रीमती र नाबालक छोराको बेहाल छ ।

 

हत्याको आशंकामा परिवारले जिल्ला प्रहरी कार्यालयमा तीन जनाको नाममा किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न मानेन । ‘घटनास्थलमा लछारेर शव फालिएको जस्तो देखिन्थ्यो । शरीरभर नीलडाम थिए । राति एक्कासि हामीबाट छुटेका काकाको हत्या गरिएको भए पनि प्रहरीले अनुसन्धान त के, जाहेरी नै दर्ता गरिदिएन । घटनाको अनुसन्धान हुनुपर्ने हाम्रो माग पनि कसैले सुनिदिएन,’ भोजबहादुरले भने । सरकारी वकिल कार्यालयमा जाहेरी लेखाएर तत्कालीन क्षेत्रीय प्रहरी कार्यालय दिपायल र काठमाडौंसम्म पठाए पनि कुनै खबर नआएको उनले सुनाए ।

मृतकका बुबा गणेश कार्कीले किटानी जाहेरी दिएको उनले सुनाए । ‘त्यतिबेला किटानी जाहेरी परेकालाई प्रहरीले सोधपुछका लागि जिल्ला प्रहरीमा पनि बोलाएन । भीरै नभएको ठाउँमा भीरबाट लडेर ज्यान गएको भनियो,’ भोजबहादुरले भने, ‘हामीलाई बरु केही दिन जिल्ला बोलाएर सोधपुछ गरे । जाहेरीमा किटान गरिएकाहरू खुलमखुला हुँदा हामीले डराउँदै हिँड्नुपर्छ ।’

दोगडाकेदार–७ रिखालीकी करिब ६५ वर्षीया वृद्धा खुर्रा कार्कीको २०६५ सालमा धारिलो हतियारले हत्या गरियो । घटना हुँदा उनी घरमा एक्लै थिइन् । छाना फुटाएर उनको हत्या गरी गहना झिकिएको थियो । उक्त घटनामा पनि अनुसन्धान भएन । हत्यारा अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । २०६३ सालमा रिखाली गाउँकै गगनसिंह कार्कीको शव बोरामा हालेर फालिएको अवस्थामा सडकमा फेला परेको थियो । स्थानीयका अनुसार गगनसिंहको शवलाई सनातन धर्म माध्यमिक विद्यालयको छेउबाट सडकमा खसालिएको जस्तो देखिन्थ्यो । तर घटनामा संलग्नको अहिलेसम्म कुनै अत्तोपत्तो नभएको स्थानीय नवराज भट्टले बताए ।

यी तीन जनाको हत्या घटनाअघि एक जना भट्ट थरका पुरुष र अर्का एक जनाको हत्या भएको स्थानीय बासिन्दा बताउँछन् । एउटै ठाउँमा भएका यी पाँचवटा हत्याका घटना हालसम्म गुपचुपमै रहेकाले आपराधिक मानसिकता भएका व्यक्तिहरूमा जे गरे पनि हुन्छ भन्ने सोच पलाएको नवराजको अनुमान छ ।

‘यसअघि भएका हत्या घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गरेको भए भागरथीको बलात्कारपछि हत्या घटना हुँदैनथ्यो कि !’ उनले भने, ‘विगतका घटनामा प्रहरीले वास्ता नगर्नुमा घटनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दोषी छन् ।’ अहिले त्रासले घटनाबारे खुलेर कसैले पनि बोल्न नसक्ने अवस्था गाउँमा रहेको उनको भनाइ छ । जति घटना भए पनि केही नहुने भएकाले आफूमाथि झमेला आइलाग्ला भनेर स्थानीयले बोल्न नचाहेको उनले बताए ।

भागरथीका काका शिवराज भट्ट पहिलेदेखि नै गाउँका मानिसलाई दबाएर राखिएकाले कसैले पनि खुलेर बोल्न नसकेको बताउँछन् । उनले भने, ‘दुईरतीन वर्षयता मात्र गाउँलेले मुख खोल्न सुरु गरेका हुन् । तर भागरथीको हत्या घटनामा पनि गाउँलेले सुराक थाहा पाएर पनि डरले गुपचुपमै राखेका हुन सक्छन् ।’

प्रदेश प्रहरी प्रमुख भन्छन्– ‘पुराना घटनाको पनि अनुसन्धान गर्छु’
बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको घटना अनुसन्धानका लागि दोगडाकेदार–३ को खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पुराना घटनाको पनि अनुसन्धान सुरु गर्ने बताउँछन् । उनले आफू आइसकेपछि स्थानीय र जनप्रतिनिधिबाट घटनाबारे सुनेको उल्लेख गर्दै दुइटा केसका सम्बन्धित व्यक्ति सोमबार आफूसँग छलफल गर्न आउने बताए ।

डीआईजी सुवेदीले स्थानीय प्रहरीलाई प्रारम्भिक अनुसन्धान सुरु गर्न निर्देशन दिइसकेको जानकारी दिए । ‘पाँचवटा केस छन् भनिएको छ । रेकर्ड हेर्न लगाएको छु । यकिन भइसकेको छैन । केहीको जाहेरी दर्ता नभएको कुरा आएको छ । पछिल्लो घटनाको अनुसन्धान सक्नासाथ पहिलेका केसको अनुसन्धान पनि सकिन्छ,’ उनले भने । केही दिनसम्म दोगडाकेदारमै बस्ने र जनशक्ति थपेर भए पनि सबै केस टुंग्याउने गरी काम गर्ने उनले बताए । ‘एउटै गाउँमा एकै प्रकृतिका पाँचवटा हत्या र गुपचुप हुनु ठूलो हो । यसलाई मैले निकै गम्भीर रूपमा लिएको छु,’ डीआईजी सुवेदीले भने ।

 

 

(radio7star.org बाट साभार)

सिफारिस

बैतडी

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७
10
बैतडी

अवैध मदिराले गुमाए दर्जनौँ ब्यक्तिले ज्यान !

फाल्गुन १४, २०७७
50
बैतडी

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७
36
बैतडी

सुर्नयाका युवाद्वारा भागरथीकी आमालाई नगद ५६ हजार सहयोग !!

फाल्गुन १३, २०७७
36
(ninglashainionline.com बाट साभार)
बैतडी

सबै कार्यकर्तालाई आफ्नो समूहमा आउन आग्रह : अध्यक्ष भट्ट !!

फाल्गुन १३, २०७७
104
ninglashainionline.com बाट साभार
बैतडी

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी सहित ५ प्रहरी जवान पुरुस्कृत !

फाल्गुन १३, २०७७
123
अर्को

पुल निर्माणमा खटिएका मजदुरको विद्युत सर्ट भई करेन्ट लागेर मृत्यु !

रूखबाट लडेर गम्भीर घाइते भएकी महिलालाई नेता प्रभाकरको पहलमा विमान चार्टर गरी कोहलपुर लगियो !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

‘सरकारले अविश्वास प्रस्तावको डटेर सामना गर्छ, आउने परिणाम स्वीकार्छ’

फाल्गुन १४, २०७७

आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न पाइने

फाल्गुन १४, २०७७

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In