सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा संसद विघटनको विरूद्ध नेपाली कांग्रेसको बृहत प्रदर्शन !

बैतडी, ३ फागुन –
संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशैभरी प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर संसद विघटन गरेको भन्दै त्यसको विरोधमा कांग्रेसले देशभरी प्रर्दशन गरेको हो । बैतडी सदरमुकाममा नेपाली कांग्रेसले संसद विघटनको विरोधमा बृहत प्रदर्शन गरेको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।

जिल्लाका १० ओटै स्थानीय तहबाट विरोध प्रदर्शनमा नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । विरोध जुलुसपछि गोठलापानीमा आयोजित विरोध सभामा नेताहरुले सरकारले संविधान मिचेर संसद भंग गरेको आरोप लगाएका छन् । शाहीलेकको लोकतान्त्रिक चोकबाट शुरु भएको विरोध र्याली गढी हुँदै गोठलापानीमा पुगेर कोणसभामा परिणत भएको छ ।

सभामा बोल्दै कांग्रेसका नेताहरुले वर्तमान सरकारले केही पनि काम गर्न नसकेको आरोप लगाएका छन् । विरोध सभामा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले वर्तमान केपी ओलीको नेतृत्व सरकारले संविधान मिचेर संसद भंग गरेको आरोप लगाउनुभएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै सभामा बोल्दै नेताहरुले सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको, बलात्कार जस्ता जघन्य अपराध बढ्दै गएकाले सरकार विहिनताको अवस्था सिर्जना भएको दाबी गरेका छन् । विरोधसभामा बोल्दै नेताहरुले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टलाई न्याय दिनुपर्ने माग समेत गरेका छन् । विरोध र्यालीमा सहभागि भएकाहरुले भागरथीलाई न्याय दिनुपर्ने भन्दै प्लेकार्ड समेत बोकेका थिए ।

 

 

Dirghayu Ads

(ninglashainionline.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.