सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जङ्गली बँदेलको आक्रमणबाट ३ जना घाइते!!

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मल्बावमा जङ्गली बँदेलको आक्रमणबाट ३ जना घाइते भएका छन । सोमबार बिहान गाउँ नजिकैको जङ्गलबाट बस्तीमा पसेको बदेललाई धपाउने क्रममा बदेलले आक्रमण गर्दा ३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय १६ बर्षीय गोविन्द धामी, ७५ बर्षीया धौली धामी र अन्दाजी २० बर्षीय अनिल धामी रहेका बताइएको छ । बिहान जङ्गलबाट गाउँमा पसेको बँदेलले गोविन्दलाई घर आगनमै आक्रमण गरेको र नातीलाई बदेलबाट बचाउन खोज्दा हजुर आमा धौली धामी गम्भीर घाइते भएका प्रहरीले जनाएको ।

घाइते भएका धौली धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागी कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै गोविन्दको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ, भने अनिलको शंकरपुर स्वास्थ्य चौकीमा सामान्य उपचार पछि जिल्ला अस्पताल दार्चुला पठाइएको प्रहरीले जनाएको छ ।

Sana Kishan

गाउँ पसेको बदेललाई स्थानीय युवाहरुले मारेर प्रहरीलाई बुझाएको बताएका छन ।

 

 

 

(ninglashainionline बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.