नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा पत्रकार प्रकाश सिंहले सम्मान वाफत पाएको रकम सहयोग गरेका छन्। उनले जसको नामबाट पुरस्कार पाए उनकै परिवारलाइ हस्तान्तरण गरेका हुन्।नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो साधारण सभाबाट सिंहलाई जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार २०७७ बाट सम्मानित गरिएको थियो।
उक्त सम्मानसँगै पाएको १२ हजार नगदउनले जेपी जोशीको घरमै पुगेर पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाँउलेमार्फत परिवारलाई हस्तान्तरण गरेका छन्। कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती बस्दै आएका जेपी जोशीका परिवालाई भेटर रकम प्रदान गरिएको पत्रकार सिंहले बताए। जेपी जोशीका नाममा स्थापना भएको पत्रकारिता पुरस्कारलेउनको परिवारलाई थोरै भएपनि राहत मिलोस् भन्ने उदेश्यले सहयोग गरेको उनले बताए। गोदावरी न्युज