सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संघीय सरकारबाट बैतडीका धार्मीकस्थलको लागि झण्डै २० करोड बजेट बिनियोजन: मेलौलीमा ७ करोड बजेट!

बैतडी-  बैतडीका धार्मीकस्थलहरुमा करोडौ बजेट बिनियोजन गरिएको छ । संघिय सरकारको सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट झण्डै २० करोडको हाराहारीमा बजेट बिनियोजन गरिएको हो ।
जिल्लाको मेलौली भगवती मन्दीर प्रबद्र्धनको लागि ७ करोड बजेट बिनियोजन गरिएको छ ।

डिलाशैनी गाउपालिकाको रुद्रेश्वर डिलाशैनीमा पदमार्ग निर्माणको लागि ४ करोड ५७ लाख, दोगडाकेदार गाउपालिकाको दोगडा धाम पर्यटन बिकासको लागि ४ करोड ९७ लाख, र पञ्चेश्वर गाउपालिका स्थित पञ्चेश्वर पर्यटन प्रबद्र्धन कार्यक्रमम २ करोड ९५ लाख बजेट बिनियोजन गरिएको निवर्तमान संघिय सांसद दामोदर भण्डारीका स्वकिय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

Sana Kishan

सरकारले प्रास्तावना माग गरेकोमा यहाका पालिकाहरुले पनि डिपिआर सहितको प्रतिबेदन पेस गरेका थिए ।

World Link Ads
Mahakali Polytechnic

यस कार्यक्रममा पालिकाको बजेट ३० प्रतिसत र ७० प्रतिसत सरकारले ब्यहोर्ने बताइएको छ ।

 

(radio7star.org बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.