सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

काठमाडौँ उपत्यकामा खानेपानीको माग ४३ करोड, आपूर्ति आठ करोड लिटर !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन २, २०७७
1 मिनेट पाठ
safalkhabar.com बाट साभार)

safalkhabar.com बाट साभार)

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ ।

समानता,समता र संघर्षको महिला दिवस !!

फाल्गुन २४, २०७७
10

कोभिड–१९ पछि महिला नेतृत्वको अवस्था

फाल्गुन २४, २०७७
9

वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको आज राजधानीमा आयोजित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १३औँ वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो । संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको खानेपानी २४सै घण्टा आपूर्ति हुनुपर्ने भए पनि स्रोतका कारण नसकिएको लिमिटेडका अधिकारीहरुको स्वीकारोक्ति छ ।

वार्षिकोत्सव कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधानमा मौलिक हकका रुपमा स्थापित खानेपानी सेवालाई चुस्त्रुपमा प्रवाह गर्न सरोकार भएका सबै निकाय लाग्नुपर्नेमा जोड दिनुभयो । “पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देख्नुभएको मेलम्चीको सपना पूरा हुन लागेको छ, सपना देख्नेकै कार्यकालमा पूरा नभएपछि त्यसलाई अर्को पुस्ताले पूरा गर्नुपर्ने भएकाले अब हामी पूरा गर्ने चरणमा पुगेका छौँ, डेढ दशकदेखि उपत्यकावासीले शुद्ध खानेपानी पाउन गरेको आशा पूरा गर्न लागिपरेका छौँ”, उहाँले भन्नुभयो ।

मेलम्चीको पानी आएपछि वितरणका लागि तयार हुन मन्त्री थापाले लिमिटेडका कर्मचारीलाई निर्देशन दिनुभयो । मेलम्चीको पानी राजधानीमा आएर उपभोक्ताको धारामा गएन भने आइपर्ने राजनीतिक, सामाजिक र प्राविधिक प्रभावलाई ध्यान दिन पनि उहाँले लिमिटेडलाई सचेत गराउनुभयो ।

मेलम्ची राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले यसको सफलता र असफलतामा देशको सफलता वा असफलता पनि जोडिएकाले कमाउको धन्दा, राजनीतिक मुद्दा नबनाउन मन्त्री थापाले आह्वान गर्नुभयो । मेलम्ची सम्पन्न भएपछि यसको सफलताका लागि लाग्ने सबै सम्मानका पात्र हुने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव माधव बेल्वासेले अव्यवस्थित शहरीकरणका कारण खानेपानीको वितरण प्रणाली कताबाट कता जोडिएको छ भन्ने थाहा नहुने भएकाले चुहावटको समस्या समाधानमा कठिनाइ भएको बताउनुभयो । उपत्यकामा ३० देखि ४० प्रतिशत खानेपानी चुहावट भइरहेको उहाँले सुनाउनुभयो । यसलै हाल लिमिटेडले पाँच करोड लिटर पानीमाात्र बाँडिरहेको सचिव बेल्वासेले बताउनुभयो ।

विसं २०७८ को अन्त्यसम्म मेलम्चीको पानी राजधानीमा वितरण गर्ने मन्त्रालयको प्रतिबद्धता छ । मेलम्ची आएपछि हिउँदमा पनि २५ करोड लिटर पानी वितरण गर्न सकिने मन्त्रालयले जनाएको छ । धारामा पानी नआएपनि ८० देखि ८५ प्रतिशत उपभोक्ताले मासिकरुपमा महसुल तिरिरहेका छन् ।

लिमिटेडको अध्यक्षसमेत रहनुभएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले केही दिनमा मेलम्चीको पानी सुरुङमा हालेर परीक्षण गरिने प्रतिबद्धता जनाउनुभयो । मेलम्चीको पानी आएपछि लिमिटेडले पनि शाखवृद्धि हुने गरी काम गर्ने अवसर पाउने भएकाले त्यसको उपयोग गर्न पनि उहाँले आह्वान गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले भूकम्पपछि सुकेको मातातीर्थ र मच्छेगाउँमा फेरि पानी आउन थालेकाले त्यसलाई व्यवस्थित गरेर पानीको परिणाम बढाउन सकिने बताउनुभयो । अन्य नगरपालिकामा रहेका मुहान पनि व्यवस्थित गरेर परिणाम बढाउन उहाँले लिमिटेडको ध्यानाकर्षण गराउनुभयो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जनताको आधारभूत आवश्यकताका रुपमा रहेको खानेपानी नै पु¥याउन सकिएन भने विकासका ठूला कुरा गर्नुको अर्थ नभएकाले नगर सभ्यताको मापदण्डका आधारमा प्रत्येक घरका धारामा पानी खसाल्न लिमिटेड लाग्नुपर्ने बताउनुभयो । पानी चुहावट भएर बन्ने खाडल पाँच लाखभन्दा बढी खर्च लाग्ने अवस्था नभएसम्म नबन्ने गरेकाले ढिलासुस्ती अन्त्य गरी छिटो काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, आयोजना कार्यान्वयन निर्देशक कमलराज श्रेष्ठ, लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलगायतले मेलम्चीको पानी राजधानी आउने चरणमा रहेकाले सबै निकायको सहकार्यमा चुस्तरूपमा उपभोक्ताको धारामा वितरण गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मन्त्री थापाले लिमिटेडका पूर्वकर्मचारी अमरकाजी राईले सङ्कलन गर्नुभएको सन्देशमूलक भनाइका सङ्ग्रहको विमोचनसमेत गर्नुभयो । लिमिटेडमा सेवा गरी निवृत्त भएका कर्मचारीलाई सो अवसरमा सम्मानसमेत गरिएको थियो ।

(safalkhabar.com बाट साभार)

सिफारिस

मुख्य समाचार

समानता,समता र संघर्षको महिला दिवस !!

फाल्गुन २४, २०७७
10
मुख्य समाचार

कोभिड–१९ पछि महिला नेतृत्वको अवस्था

फाल्गुन २४, २०७७
9
मुख्य समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह !!

फाल्गुन २४, २०७७
3
मुख्य समाचार

सुप प्रदेशका संसद जोशी प्रचण्ड नेपाल समुहकै फर्किए !!

फाल्गुन २४, २०७७
5
मुख्य समाचार

महिला दिवसको अबसरमा गोदावरी पत्रकार मञ्चद्धारा सेभ हाउसलाई खाध्यान्न सहयोग !!

फाल्गुन २४, २०७७
9
मुख्य समाचार

संसदको हालत हेर्नुस् त, पहिलो गासमै झिँगा : प्रधानमन्त्री ओली

फाल्गुन २४, २०७७
7
अर्को

संघीय सरकारबाट बैतडीका धार्मीकस्थलको लागि झण्डै २० करोड बजेट बिनियोजन: मेलौलीमा ७ करोड बजेट!

दैनिक औसतमा ६ वटा बलात्कारसँग सम्बन्धित घटना हुदै, १७ प्रतिशत महिला तथा बालबालिकाको बलात्कारपछि हत्या !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

२०७७ साल फागुन २५ गते मंगलबारको राशिफल !!

फाल्गुन २५, २०७७

महाशिवरात्री र यसको महत्व : देवराज उपाध्याय पुरूष !

फाल्गुन २४, २०७७

बेदकोट नगरपालिकामा अन्तराष्ट्रिय १११औं महिला दिवस भव्यताका साथ सम्पन्न !!

फाल्गुन २४, २०७७

समानता,समता र संघर्षको महिला दिवस !!

फाल्गुन २४, २०७७

कुन अंगको कोठीले कस्तो संकेत गर्छ ?

फाल्गुन २४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In