सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भूमि सम्बन्धी समस्या समाधानमा वेदकोटको सकृयता : एकैदिन ९ स्थानमा नगर प्रमुख संग अन्तरक्रिया।

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ फागुन ।भूमि सम्बन्धी समस्या समाधानका लागि कञ्चनपुरको वेदकोट नगरपालिकाले सकृयता बढाएको छ । नगर क्षेत्र भित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकहरुलाई व्यवस्थित गर्ने उद्देश्यका साथ भूमि सम्बन्धी समस्या समाधान आयोगसँग सम्झौता गरी कार्य थालनी गरेको वेदकोट नगरपालिकाले शनिबार एकै दिन ९ वडाका ९ स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

भूमि सम्बन्धी समस्या समाधान गर्न तथ्यांक संकलन कार्यको शुभारम्भ तथा सम्बन्धित वडाका नागरिक अगुवाहरुसँग अन्तरक्रिया गरिएको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic

१० वटा वडा रहेको वेदकोट नगरपालिकामा वडा नम्बर २ बाहेक अन्य सबै वडामा शनिबार अन्तरक्रिया कार्यक्रम गरिएको हो । सम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षता तथा नगर प्रमुखको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, आन्तरिक लेखा परीक्षक, सम्बन्धित वडाका जनप्रतिनिधि तथा कर्मचारी सहित सरोकारवाला राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला स्थानीय नागरिक लगायतको सहभागिता रहेको बताइएको छ ।

 

Dirghayu Ads

एकैदिन नौ नौ स्थानमा छुट्टाछुट्टै कार्यक्रम गरी भूमि सम्बन्धी समस्या समाधानका लागि वेदकोट नगरपालिकाले देखाएको चाँसो र सकृयताले छिट्टै जग्गाधनी पूर्जा पाउनेमा सरोकारवालाहरु आशावादी बनेका छन् । नेपाल बोधमा खबर छ !

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.