सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

रुघाखोकी बाट ग्रसित हुनुन्छ ? कसरी लाग्नै नदिने ? लागेपछि कसरी उपचार गर्ने ?

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन १, २०७७
1 मिनेट पाठ

रुघा लागेर नाकै बन्द भई मुखबाट सास लिनुपर्ने स्थिति आइदिन सक्छ । अझ रातमा रुघा लाग्यो भने त मीठा सपना आउनुको साटो दुःस्वप्न आइदिन्छ । सजिलो गरी सास फेर्नका लागि तपाईं यता र उता कोल्टे फेरिरहनुपर्ने हुन्छ । तर यहाँ दिइएका दुईवटा टिप्स फलो गर्नुभयो भने बन्द नाक खुल्छ ।

कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने !!

फाल्गुन २१, २०७७
7

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

फाल्गुन १७, २०७७
13

जिभ्रो र अक्युप्रेसर च्यापुमा लगेर जिभ्रोको टुप्पो केही सेकेन्डका लागि थिचिरहनुस् । त्यसपछि बिस्तारै जिभ्रोलाई सहज बनाउनुस् । फेरि फेरि त्यही अभ्यास गरिरहनुस् ।यही बेलामा चोरी औंला र माझी औंलाले निधारमा आँखीभौंको बीच भागमा एक सेकेन्डका लागि थिच्नुस् अनि रोकिनुस् । फेरि फेरि यो क्रिया दोहो(याउनुस् ।यी दुवै अभ्यास एकैचोटि गर्नुस् । पच्चीस सेकेन्डसम्म यो क्रिया दोहो(याइरहनुभयो भने बन्द नाक खुल्छ । सास रोक्नुस् गहिरो सास लिनुस् । त्यसपछि टाउको पछिल्तिर झुकाउनुस् र चोरी औंला र बुढी औंलाले थिच्नुस् । सम्भव भएसम्म यसरी नाक थुनेर उभिनुस् । साह्रै गाह्रो भएपछि मात्र औंला हटाउनुस् ।यो प्रक्रिया नाक नखुलुन्जेलसम्म दोहो(याउनुस् । राति सुत्नुअघि यी अभ्यास गर्नुभयो भने आनन्दपूर्वक सुत्न सक्नुहुन्छ अनि रातभरिमा ठीक पनि हुनुहुन्छ ।

रुघा लाग्दा यी १२ कुरा नगर्नुहोस्

रुघामा घाँटीदेखि कानसम्म पुग्ने नलीसम्म भाइरसको संक्रमण फैलिएमा मध्यकान पनि संक्रमित हुन पुग्छ । फलस्वरूप कान पाक्ने दुख्नेलगायत जाली बिग्रिने, कान नसुन्नेजस्ता समस्या हुन्छ । रुघा बिग्रिएकै कारण कडा पिनास र कान पाक्ने भएर मस्तिष्कमा समेत असर परी नराम्रो रोग हुनेलगायत रुघाबाट खोकी सुरु भई ब्रोङकाइटिस दम तथा छातीको संक्रमण एवम् एलर्जीजस्ता समस्याहरू पनि आइ पर्न सक्छन् । यसरी रुघाले अनेक समस्या ल्याउन सक्ने भएकोले रुघाप्रति लापरबाही कहिल्यै गर्नु हुँदैन ।

रुघा लाग्दा यसो नगर्नुहोस्

१. रुघा लागेमा चिसोले मुख धुने, नुहाउने र चिसो छुने काम नगर्नुस् । शारीरिक व्यायाम, बढी दौडधुप नगर्नुहोस् । २. गम्म परेको वा बढी हावा चल्ने ठाउँमा नबस्नुस् । धूलो र धुँवाबाट बच्नुस्, खार (पकाएको धुँवा) आएको ठाउँमा नजानुस् । चिसोमा नहिँडनुस् । यदि हिँड्नै परेमा न्यानो लुगा लगाउने, कान, घाँटी छोप्ने र नाक एवं मुख छोप्ने गरी मास्क लगाउने गर्नुस् ।

३. रुघामा ज्वरो पनि आएको छ भने त पूर्णरूपले आराम गर्नुस् तर सिरक ओढ्ने नगर्नुस् । ४. रुघा लाग्नासाथ दिनको तीनचार पटक तातो पानीले बाफ नाक र मुखबाट पालैसँग पाँचदेखि सात मिनेटसम्म लिनुस् । ५. नाक बन्द छ भने नुनपानी मनतातो गरी नाकमा ५, ६ थोपाको दरले राख्नुस् । यदि यसले खुलेन भने षड््बिन्दु (आयुर्वेदिक) तेल वा अन्य नोजल ड्रप (नाक खुलाउने औषधि) प्रयोग गर्नुस् । तर नोजल ड्रपको प्रयोग लगातार र सकेसम्म गर्नु हुँदैन । बढी उकुसमुकुस भएर सुत्न बस्न गाह्रो भएमा मात्र नाकमा दुई, तीन थोपा प्रयोग गर्दा केही फरक पर्दैन ।

६. बाफ लिइसकेपछि (यदि ज्वरो छैन भने) नाक, घाँटी, छाती र ढाडमा तातोले १५, २० मिनेटसम्म सेक्नुस् । यसरी सेक्दा मेन्थोलयुक्त लेपनहरू (जस्तै मिक्स, बाम, स्विचो आदि) बाह्यरूपले छाती, घाँटी र ढाडमा दल्न सकिन्छ । ७. बिहानबेलुका दुई पटक तातोपानीमा खुट्टा घुँडाभन्दा मुनिसम्म डुवाएर पटकपटक तातो पानी थप्दै १५ देखि ३० मिनेटसम्म बस्नुस् ।

८. यदि ज्वरो आएको छ भने वाफ लिने, आराम गर्ने र बढी ज्वरोमा पेटमा मात्र चिसो पट्टी राख्नुस् । ९. रुघा लागेको बेला एनिमाको प्रयोग गरी पेट सफा गर्ने र उपवास गर्ने हो भने पनि फाइदा हुन्छ ।

१०. रुघा लाग्दा बेस्सरी सीँसीँ गरेर सिंगान फ्याक्ने, नाक कोट्याइरहने, नाकभित्र औंला छिराउने र बढी सिंगान पुछिरहने नगर्नुस् । ११. तोरीको तेलमा ५र७ केस्रा लसुन काटेर फुराउने र कालो पार्ने, सेलाएपछि उक्त तेल (लसुन होइन) नाकमा ५।६ थोपा दिनको तीन, चार पटक हाल्ने एवम् छाती, ढाड, निधार र घाँटीमा पनि दल्ने गर्नुस् । बच्चाहरूलाई रुघा लाग्नासाथ यही प्रक्रिया अपनाउनुस्, तुरुन्तै फाइदा हुनेछ ।

१२. रुघा लाग्दा अन्य अनेकौं प्राकृतिक उपचार विधिहरू जस्तै नाक सफा गर्ने, स्टिम बाथ लिने, विभिन्न अक्युप्रेसर–मसाज तथा अन्य प्राकृतिक औषधिहरूको समेत प्रयोग गर्न सकिन्छ ।

रुघाखोकी लाग्दा के गर्ने

मौसम परिवर्तनसँगै रुघाखोकी देखा पर्छ । थुप्रै मानिस हरेक वर्ष एक दुईपटक रुघाखोकीको प्रकोपमा पर्छन् । दुई सयभन्दा बढी प्रकारका भाइरसबाट हुने यो रोगलाई सामान्य रोग मानिए पनि यसले निकै सताउँछ, आक्रान्त बनाउँछ ।

रुघाखोकीका असर

रुघाखोकीले मानिसको मनमस्तिष्कलाई समेत बेचैन बनाउँछ । रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हँदैन । मानिसको स्मरणशक्तिले पनि ठीकसँग कार्य गर्दैन । रुघा लागेको बेलामा मानिसको स्थिति मनस्थिति कस्तो हुन्छ, सबैले अनुभव गर्दै आएको कुरा हो ।

बालबालिकामा असर

(दीर्घ रूपमा रुघा तथा पिनासबाट पीडित भएका कलिला बालबालिकाको पढाइलेखाइ नै प्रभावित हुन्छ । (रुघा लागेमा बालबालिकाको मन एकाग्र हँदैन, पढेको विषय याद पनि रहँदैन । (यस्ता बालबालिकाको उचित उपचार आवश्यक हुन्छ । आधुनिक मेडिकल विज्ञानमा रुघाको कुनै औषधि छैन ।

(रुघा लागेको बेलामा ६, ७ दिन कठिनपूर्ण हुन्छ । (रुघा लागेमा मानिस डिस्पेन्सरीमा गएर एन्टिकोल्ड तथा एन्टिबायोटिक खान्छन् । (एन्टिबायोटिकले रुघाका भाइरसलाई कुनै असर गर्दैन ।

रुघाको उपचार

(रुघाको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने । (बिहान बेलुकी मनतातो पानीमा खुट्टा डुबाएर ५, १० मिनेट राख्ने । (सुत्ने बेलामा पैतलामा तोरीको तेलले मालिस गर्ने ।

(अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने । (अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला गर्ने । (एक हातको बूढीऔंलाले अर्को हातका सबै औंलाको टुप्पोलाई दसपटक पालैपालो अँठ्याउने छोड्ने गरेर अक्युप्रेसर उपचार गर्ने ।

(दुवै आँखा बन्द गर्ने र नाकद्वारा तीन पटक लामो र गहिरो सास लिने र मुखबाट बिस्तारै बाहिर फ्याक्ने । (गहन आरामको अनुभव गर्ने । कल्पना गर्ने कि वरिपरिको वातावरण शान्त, मनोरम र घमाइलो छ । सूर्यको चम्किलो किरणले न्यानो महसुस भएको छ ।

के गर्ने

(बैगुन, गाँजर, लौका, फर्सी, आलु, दही, अचार, चिसो, अमिलो तथा गुलियोे पदार्थहरू सेवन नगर्ने । (चिसो, धुवाँ र धुलोबाट बच्ने । (तातोपानी प्रयोग गर्ने ।

(नुहाउनु परेमा तोरी वा तिलको तेलले सम्पूर्ण शरीर मालिस गर्ने र मनतातो पानीले नुहाउने । (सफा, सुकिलो र जाडोमा न्यानो कपडा लगाउने ।

रुघाको रोकथाम

(रुघाबाट बच्न रुघा लागेका व्यक्तिको नजिक वा मुखामुख हुने गरी बस्नु हुँदैन । (बस्नै परे मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ ।

(रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नु हुँदैन ।
(अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुनसक्छ ।
(भिटामिन सीले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।दिनहुँ वा हप्ताको एकपटक जलनेती क्रिया गर्ने तथा दिनहुँ पाँच मिनेट अनुलोम विलोम प्राणायाम गर्ने हो भने रुघाखोकी लाग्ने, पिनास पर्ने, आँखा दुख्ने तथा कमजोर हुने, टाउको भारी हुने आदि समस्या नै आउँदैन ।

रुघाखोकीलाई बुझ्दा ः

रुघाखोकी लाग्दा शरीरबाट सिँगान र खकारको पैदा हुने क्रम बढ्दछ अनि नाकको द्वार र घाँटीमा गएर टाँस्सिन्छ। जसले गर्दा नाक टाल्लिने, सास फेर्न गाह्रो हुने, खोक्दा भित्रपट्टी कफ अड्किएको जस्तो हुने हुन्छ । शरीरमा यस्ता खकार र सिँगानको मात्रा बढि भएमा निर्जलीकरणको समस्या आउन सक्दछ । त्यसैले गर्दा रुघा र खोकी लागेको बेलामा पौष्टिक तत्वले भरिपूर्ण भएको खानेकुराहरू खानु जरुरी हुन्छ । ताजा फलफूल तथा सागसब्जीमा प्रशस्तै पौष्टिक तत्वहरू पाइन्छन्, त्यसकारण नै आफ्नो दैनिक खानामा यसलाई मिसाउनु अपरिहार्य हुन आउँछ । विशेष गरी रसिलो फलफूलले रुघाबाट राहत प्रदान गर्दछ । अनि शरीरमा पानीको मात्रा कमि हुन नदिनको लागि सफा (अथवा तातो) पानी वा अन्य तरल पदार्थ पिउनुपर्दछ । ताजा फलफूल तथा सागसब्जीलाई काँचै खाँदा रुघाको लागि फाइदाजनक हुन्छ । पकाएर अथवा फ्राइ गर्दा त्यसको पौष्टिक मूल्यमा ह्रास आउँदछ ।

कस्तो फलफूल खाने ?

भिटामिन(सी भएका फलफूलहरू रुघा र खोकीको लागि जरुरत पर्दछ । सबैभन्दा धेरै मात्रामा भिटामिन(सी ‘कागती’मा पाइन्छ । यसले तपाईँको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्दछ । दिनहुँ कागतीको जुस र मनतातो पानी पिउनाले निर्जलीकरण हुनबाट बचाउनुको साथै प्रतिरक्षा प्रणालीलाई पनि बलियो गराउँदछ । सुन्तला पनि भिटामिन(सीको राम्रो श्रोत हो। यसको जुस र मनतातो पानी पिउनाले खोकीबाट समेत राहत प्रदान गर्दछ । स्ट्रबेरीमा पनि प्रशस्तै भिटामिन(सी पाइन्छ । रुघाखोकी सँग लडाइँ गर्ने हो भने विभिन्न प्रकारका भिटामिन(सी युक्त फलफूल सेवन गर्नु राम्रो उपाय हुन्छ । किनभने यिनीहरूमा पाइने फाइबरले पेटलाई भरि बनाउनुको साथै प्रतिरक्षा प्रणाली बलियो बनाउने सेतो रक्तकोषलाई समेत मद्दत गर्दछ । भिटामिन(सी भएको फलफूल चिन्ने तरिका सजिलो छ । जुन फलफूलको स्वादमा हलुका अमिलोपना मिस्सिएको हुन्छ, त्यसमा भिटामिन(सी पाइन्छ भनेर बुझ्नुपर्दछ । जस्तैस भुइँकटहर, आरु, अङ्गुर, लिची, चेरी, अनार, हलुका काँचो स्याउ, अमला, नासपति आदि ।

कस्तो फलफूल नखाने ?

जुन फलफूलमा बढि गुलियो अनि चिल्लोपना हुन्छ, त्यस्तो फलफूलले रुघा र खोकीको लागि राहतको सट्टा समस्या थप्ने काम गर्दछ । जस्तैस केरा, गाँजर, नरीवल, मेवा, गुलीयो अनि बढि पाकेको स्याउ, अम्बा, बँगेर, आदि । रुघाखोकी लागेको बेला यस्ता फलफूलले स्वासप्रश्वासमा बाधा पुर्याउँदछ ।यसलगायत रुघाखोकी लागेको बेलामा दूग्धपदार्थहरू पनि खानुहुँदैन । जस्तैस दूध, चिज, दही, कुल्फी, आइसक्रिम, मही, आदि । सकेसम्म गुलियो खानेकुराहरूलाई टाढा राख्दा नै रुघाखोकी सँग लड्न सहज हुने गर्दछ ।

नोटः माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

 

 

(urlabarinews.com बाट साभार)

सिफारिस

स्वास्थ्य

कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने !!

फाल्गुन २१, २०७७
7
स्वास्थ्य

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

फाल्गुन १७, २०७७
13
स्वास्थ्य

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७
12
स्वास्थ्य

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७
11
स्वास्थ्य

पुदिनाको सेवन गर्नाले हुन्छन् यस्ता फाइदाहरु !!

फाल्गुन १६, २०७७
16
स्वास्थ्य

अनुहारमा रहेको डन्डिफोर दाग हटाउन भान्सामा पाइने ५ चीज !

फाल्गुन १६, २०७७
6
अर्को

बोल्नु पनि अपराध हुने देशमा छु ! धर्मानन्द भट्ट

भूमि सम्बन्धी समस्या समाधानमा वेदकोटको सकृयता : एकैदिन ९ स्थानमा नगर प्रमुख संग अन्तरक्रिया।

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

आइतबार मुख्यमन्त्री भट्ट कञ्चनपुर आउँदै !!

फाल्गुन २२, २०७७
जिप दुर्घटना

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ४ जना घाईते, ३ को अवस्था गम्भीर !!

फाल्गुन २२, २०७७

दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डको घोडेशिला नजिक यात्रुवाहक जीप दुर्घटना

फाल्गुन २२, २०७७

बैतडीमा कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालयको आग्रह !!

फाल्गुन २२, २०७७

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान !!

फाल्गुन २२, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In