सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तामाको भाडाको पानी पिउँदा स्वास्थ्यलाई हुने फाइदाहरू !

तामालाई हिन्दु परम्परा अनुसार पवित्र धातु मानिन्छ। र यसलाई वैदिक कार्यहरुमा अनिवार्य मानिन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।

तामाको भाँडामा राखिएको पानी पिउनुका १० फाइदाहरु :

२. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।

World Link Ads
Health Notice Kanchanpur

३. तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।

४. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।

५. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।

६. जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।

७. यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।

८. एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् ।

९. तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ ।

१०. यसले रगतको विकार र कमी हुने समस्या हट्छ । पोषक तत्वलाई शोषेर रक्तवाहिनी नलीहरुमा यसलाई नियन्त्रित गर्छ ।

बाँसको तामा, हाम्रो रैथाने परिकार हो । हुन त अहिले यसको सिजन होइन । यद्यपी जाडो याममा बाँसको तामाको परिवार निकै उपयोगी हुन्छ । बाँसको तामा मानव स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । यसलाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । नेपालमा मात्र नभई दक्षिण एसियामा बाँसको तामाको प्रचलन छ ।

नेपालमा यसको परिकार सिमित भए पनि विदेशमा भने सैयौं परिकारमा यसको प्रयोग गरिन्छ । जाडो मौसममा तामाको सुप निकै लाभदायक हुन्छ ।

कसरी तयार गर्ने त बाँसको तामा ?

तामा तयार पार्ने विधि

बाँसको तामालाई गुन्द्रुक जसरी नै पकाउने गरिन्छ । त्यसका लागि पहिला बाँसको कलिलो मुन्टा भाँचेर ल्याई स(साना टुक्रा बनाउनुपर्छ । त्यसलााई केहीबेर घाममा सुकाएर सुकाएर बेसार मोल्ने र सफा माटोको भाडो या डिब्बामा हावा नछिर्ने गरी बन्द गरि राख्नुपर्छ । त्यसलाई जति लामो समय राख्यो त्यति नै अम्लिएपन बढ्दै जान्छ ।

तामालाई पलास्टिकमा बाधेर जमिनमुनि महिनौसम्म गाड्ने परम्परागत तरिका पनि छ । तर, ब्याबसायिक रुपमा तामा उत्पादन गर्ने हरुले भने एयर टाइट बोटलमा भिनेगर र तामा राखी विक्रीको लागि राखेका हुन्छन् ।

तामाका परिकार

नेपालमा तामाको परिकार सिमित छन् । नेपालमा आलु बोडी तामाको तरकारी निकै प्रचलित छ । तामाको अमिलो अचार अर्थात तामाको मेसो पनि त्यतिकै लोकप्रिय छ ।

विदेशीहरुले यसलाई थुप्रै परिकारको प्रयोजनामा प्रयोग गर्छन् । खानाको सुरुवाती समयमा एप्पीटाइजर सलादको रुपमा तामालाई लिने गरिन्छ । तामाको सुप पनि विभिन्न थरीका तयार पारिन्छ ।

थाइल्यान्डमा तोम यम कोङग, चीनमा हट एन्ड सावरमा तामा अनिवार्य हुन्छ । चीनमा त तामाको २५० भन्दा बढी परिकार तयार हुन्छ ।

मासुमा तामा राखेर पकाउँदा पनि निकै स्वादिष्ट हुन्छ । बासको टुसालाई ताजै तरकारीको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।

मेडिकल फाइदा

बाँसको तामामा कार्बोहाइड्रेडको मात्रा अत्यन्तै कम हुन्छ । जसकारण मधुमेह रोगीको लागि यसका परिकार निकै फाइदाजनक हुन्छ ।

बाँसको तामा क्यालोरी पनि न्युन हुन्छ । त्यसैले तौल घटाउन चाहनेहरुको लागि पनि यसले फाइदा पु¥याउँछ ।

पाचन प्रकियामा समस्या छ भने पनि नियमित रुपमा तामाको सेवन गर्दा राम्रो हुन्छ । बिसाबमा सक्रमण भएका बिरामीलाई पनि तामाले औषधीको काम गर्छ ।

गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । यस्ता महिनालाई गर्भवतिको अन्तिम महिलामा तामा खुवाउने गरिन्छ ।

यसले ग्यास्ट्रिक र अल्सरलाई निको पार्नमा भुमिका निर्वाह गर्छ । नियमित तामाको सेवनले क्यानसरको सम्भावनालाईसमेत कम गर्छ ।

यो मुटु रोग, रक्तचाप, अत्याधिक कोलेस्ट्रोल, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लािग तामाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

फोक्सो सम्बन्धी बिरामीको लागि तामा अमृतसमान मानिन्छ । स्वासप्रश्वासको समस्याबाट ग्रसित विरामीलाई नियमित रुपमा तामा सेवन गर्दा ठूलो राहत दिन्छ ।

प्रशिद्ध काहाँ कहाँ ?

अन्तराष्ट्रिय बजारमा ‘बेम्बो शुट’को नामले बाँसको तामा विक्री गरिन्छ । क्यानमा प्याकिङ गरेको यस्तो बम्बो सुट निकै महंगो हुन्छ ।

बिश्वप्रशिद्ध थाई सुप ‘तोमयाम कोङ’मा तामा अनिवार्य हुन्छ । तामे, भालु, चोय बास या निगालोको तामा यसमा प्रयोग गरिन्छ ।

जापानिजहरुले बाँसलाई ‘किङ अफ ग्रास’कै नाम दिएर पाकशिक्षामा राखेका छन् । जहाँ बाँस र तामाको फाइदालाई पढाईन्छ ।

चीनमा पनि बाँसको तामा निकै प्रचलित छ । त्यहाँ त बासको तामा मात्र नभै पात पनि बिभिन्न हर्बल(टिको रुपमा प्रयोग गरिन्छ । जुन स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छौ

जान्नुहोस् किशमिशको पानी पिउनुका यस्ता छन् फाइदै फाइदा

किशमिशका दानालाई पानीमा २० मिनेट जति सानो आगोमा उमालेर रातभर राखेर खानाले शरीरमा उत्पन्न हुने बिभिन्न समस्याबाट मुक्ति पाउन सकिन्छ ।

१. किशमिशको पानी केही दिन सम्म नियमित खानाले कब्जियत, एसिडिटी तथा थकान जस्ता समस्याबाट मुक्ति मिल्छ ।

२. किशमिश उमालेको पानी पिउनाले शरीरमा कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्नुका साथै शरीरमा ट्राइग्लिसेराइड्सको मात्रालाई कम गर्छ ।

३. यसमा फ्लेबेनाइड्स एन्टी अक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ जसले त्वचालाई सुरक्षित तथा चमकदार बनाउन मद्दत गर्छ ।

४. दिनप्रतिदिन यसको पानीको नियमित सेवनल गर्नाले पाचन शक्ति बढाउँछ ।

५. यसको सेवनले लिभरको समस्याबाट पनि मुक्ति मिल्नुका साथै शरीरमा मोटाबोल्ज्मिको स्तरलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

बिहान खाली पेट पानी पिउनुका ९ आश्चर्यजनक फाइदा

पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ र अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो। खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो।

प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन्। पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन्। यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ। खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ। यसमा पनि मनतातो पानी उपर्युक्त हुन्छ।

आन्द्रामा फ्लस

Sana Kishan

खाली पेट प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाईपनि सहयोग गर्छ। तपाईलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ।

शरिरका विकार फालिदिन्छ

तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुुहुन्छ। जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ।

भोक बढाउछ

नियमित खाना खानु महत्वपूर्ण हुन्छ। तर भोक लागेन भने के गर्ने? खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ। बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ।

टाउको दुख्नबाट बचाउछ

मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो। डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो। तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ती मिल्छ। टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ।

कोलोन सफा गर्छ

पानी पिउदा कोलोन सफा गरिदिन्छ। एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ। कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ। तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ।

मेटाबोलिजमलाई तीब्र पार्छ

यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो। पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ। यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुुहुन्छ। जसका कारण छोटो समयमा नै तौल घट्छ।

उर्जा बढाउछ

यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस। खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ।जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ। यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ।

अनुहारको छालामा चमक ल्याउछ

खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ। शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ। तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ

समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो। शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन। दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ। तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन।

खाली पेट कागतीपानी पिउनुस्, अनेकौं रोग भगाउनुस्

कागतीले खानाको स्वाद बढाइदिन्छ । सलाद, चाट र तरकारीमा कागती निचोरेर खानुको मजा नै अर्को छ । गर्मीको मौसममा त झन् कागतीपानी पिउँदा एकदमै फाइदा हुन्छ । यसले प्यास पनि बुझाउँछ अनि ताजगी पनि कायम राख्छ । बिहानै खाली पेट कागतीपानी पिउनुभयो भने त झन् यसका धेरै फाइदा हुन्छन् ।

पाचन क्रिया राम्रो

बिहान मनतातो पानीमा कागती र मह हालेर पिउनुभयो भने शरीरमा पाचक रस बन्न शुरु हुन्छ । यसले भाृक लाग्न शुरु गर्छ र पाचनक्रियालाई राम्रो राख्न पनि मद्दत गर्छ ।

भिटामिन सी

शरीरका लागि भिटामिन सी जरूरी तत्त्व हो । यसले रोगहरूसँग लड्न मद्दत गर्छ । बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ । रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन ।

छालामा निखार

कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ । छालाका दागधब्बा सफा हुन्छन् ।

मुखको दुर्गन्ध हट्छ

कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ । शरीरलाई विषरहित बनाउन यसले मद्दत गर्छ ।

तौल कम गर्न

मोटोपनाबाट ग्रस्त हुनुहुन्छ भने बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ । यसले मेटाबोलिजम पनि बढाउँछ ।

जोर्नीको पीडाबाट राहत

जोर्नीको पीडाबाट चिन्तित हुनुहुन्छ भने कागतीपानी पिउन थाल्नुस् । फाइदा पुग्छ ।

यस्ता छन् तातो पानी पिउनुका १० फाइदाहरू

जाडो मौसममा शरीरबाट पसिना कम निस्किने भएकाले पानी थोरै खाने गरिन्छ । जाडोमा हामी शरीरलाई आवश्यक पर्ने मात्रामा पानी खान पनि चुकिरहेका हुन्छौँ । यस्तोमा तातो पानी खाने बानी बसाले बढी मात्रामा पानी खाइन्छ ।

यस्ता छन् तातो पानी पिउनुका फाइदाहरू

१.थकान महसुस भएमा तातो पानीले नुहाउँदा थकान हट्छ ।

२.तातो पानीमा अलिकति गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुनुका साथै जीउ दुखेको पनि सन्चो हुन्छ ।

३.लुतोलगायत छालासम्बन्धी समस्या भएका मानिसले तातो पानीले नुहाउनु उपयूतत्त मानिन्छ ।

४.तातो पानी खानाले शरीरमा रक्तसञ्चार सुन्तुलित रहन्छ ।

५.तातो पानीमा कागतीको रस र मह मिसाएर बिहान पिउने गर्नाले रोगसँग लड्ने क्षमताको विकास हुन्छ ।

६.बिहान उठेर तातो पानी पिउनाले दिसा खलास हुन्छ जसले गर्दा कब्जियतको समस्या रहन पाउँदैन् ।

७.श्वासप्रश्ववास र किड्रनीसम्बन्धी समस्या भएकाहरूले चिसो पानीको सट्टा मनतातो पानी पिउने हुनुपर्छ । यस्तो समस्या भएका हरूले चिसो पानी खाएमा किड्नी र फोक्सो बढी उत्तेजित हुने भएकाले समस्या आउन सक्छ ।

८.तातो पानी पिउनाले हड्डी र जोर्नीसम्बन्धी समस्याबाट पनि राहत मिल्छ ।

९. मनतातो पानीले जोर्नीमा घर्षण कम गर्नाले भविकष्यमा बाथरोग लाग्ने सम्भावना कम हुन्छ ।

१०.चिसो मौसममा तातो पानी पिउनाले रूघा खोकीलगायत समस्याबाट छुटकारा पाउन सकिन्छ ।

नोटः माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

 

(urlabarinews.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.