सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिया र चुरोट एकसाथ पिउनु कति खतरनाक ?

काठमाडौँ – सामान्यताः धेरै व्यक्तिको चिया पिउने बानी हुन्छ । कोही कोही त चियाको शौखिन नै हुन्छन् । चियाको शौख हुनेहरु दिनमा १०र१० कप पनि चिया पिउने गर्छन् । अत्यधिक चिया पिउनु स्वास्थ्यका लागि बेफाइदाजनक हुन्छ ।

अत्यधिक चिया पिउने मात्र होइन कतिपयले चियासँगै चुरोट पिउने आदत पनि बसालेका हुन्छन् । चियासँग चुरोट पिउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरु बताउँछन् । चियासँगै चुरोट पिउने बानीले क्यान्सरको सम्भावना बढी हुन्छ ।

चिया र चुरोट एकसाथ पिउँदा क्यान्सर हुने सम्भावना ३० प्रतिशत धेरै हुन्छ । चियामा अनेकन् प्रकारका टक्सिन्स हुन्छ । जुन स्वास्थयका लागि निकै खतरनाक पनि हुन्छ । यसले जीवनलाई मृत्युमा बदल्न पनि सक्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

एक अनुसन्धानका अनुसार ग्रीन टी पिउँदा र धुम्रपान एकसाथ गर्दा केही व्यक्तिले तनाव कम हुने गरेको पनि बताए । यसको सेवनले न्यूरोट्रांसमीटर रिसेप्टरलाई हस्तक्षेप गर्छ ।

यसमा पाइने एल थियेनाइन नामक एमिनो एसिड चिन्ता कम गर्न मद्दत गर्ने र स्मरण शक्ति बढाउने, ध्यान र एकाग्रता बढाउन पनि मद्दत गर्छ । ग्रीन टीले शरीरमा मेटाबोलिज्मलाई बढाएर फ्याट घुल्न मद्दत गर्छ । जसको कारण तौल कम हुन्छ । (उपहार खबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.