सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीका सडकमा रहेका ट्राफिक संकेत गायब :सवारी चालकहरुलाई समस्या !

बैतडी–  बैतडीका बिभिन्न सडकहरुमा रहेका ट्राफिक संकेतहरु हराउदा सवारी चालकहरुलाई समस्या हुने गरेको छ । दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग अन्र्तगत बिभिन्न ठाउँमा रहेका ट्राफिक संकेतहरु हराएका छन । घुम्तीहरुमा रहेका रहेका ट्राफिक संकेतहरु गायब हुदा सवारी सञ्चालनमा समस्या हुने गरेको सवारी चालकहरुले बताएका छन । कुनै ठाउँमा राखिएका संकेतहरु उखेलेर फालिएका छन भने कुनै ठाउँमा राखिएका ट्राफिक संकेतहरु नै गायब भएका छन । जसले गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ ।

यहाँका सडकहरु निकै साघुँरा रहेका छन त्यसैमा पनी कतिपय ठाउँमा ट्राफिक सङ्केत नभएका कारण चालकलाई सवारी साधन सञ्चालन गर्नमा कठिनाइ हुनुका साथै दुर्घटना बढ्ने सम्भावना रहेको छ । दशरथचन्द राजमार्ग अन्र्तगत झुलाघाट–सतँबाज, सतँबाज –खोड्पे र महाकाली राजमार्ग अन्र्तगत सतँबाज–गोकुलेश्वर सडक खण्डका बिभिन्न ठाउँमा ट्राफिक संकेतहरु हराएका छन ।

Sana Kishan

यता सडक डिभिजन कार्यालय पाटन बैतडीले भने सडक खण्डका बिभिन्न ठाउँहरुमा हराएका तथा जिर्ण भएका ट्राफिक संकेतहरुको लगत संकलन गरी नभएका ठाउँहरुमा छिट्टै ट्राफिक संकेतहरु राख्ने जनाएको छ । ट्राफिक संकेतहरु नहुदा चालकहरुलाई समस्या हुने गरेका कुरा स्वीकार्दै सडक डिभिजन कार्यालय पाटनका प्रमुख रमेश चौधरीले आबश्यक बजेटको माग गरी ट्राफिक संकेतहरु ब्यबस्थापन गर्ने बताउनुभयो । ट्राफिक सुरक्षा सम्बन्धी बजेट आएमा ठेक्का प्रकृयाबाट हराएका ठाउँहरुमा ट्राफिक संकेतहरु राख्ने उहाँको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic

(रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.