सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

के तपाईंको औंला पड्काउने बानी छ ? औंला पड्काउनु खतरनाक हो कि होइन ? यसो भन्छन् वैज्ञानिक !

औंला पड्काउँदा आवाज आउँछ नि । कहिल्यै याद गर्नुभएको छ किन आवाज आउँछ भनेर ? अनि यसो गर्नु खतरनाक हो कि होइन ?एउटा कुरा सुनिश्चित छ । औंला पड्काउँदा बाथरोग लाग्दैन । कसैले लाग्छ भन्यो भने त्यो झुटो हो ।

वैज्ञानिकहरूको एक समूहले औंला पड्किने आवाज जोर्नीहरूको बीचमा घर्षण घटाउनका लागि जिम्मेवार साइनोभियल पदार्थमा रहेको ग्यास भरिएको प्वालबाट आउने बताएको छ ।

एमाआरआई गरेर अनुसन्धानकर्ताहरूको टोलीले यो कुरा पत्ता लगाएको हो । एकजना मान्छेलाई औंला पड्काउन लगाएर वैज्ञानिकहरूको यो पत्ता लगाएका थिए ।यसरी आवाजको स्रोत पत्ता लगाएपछि वैज्ञानिकहरूले यसो गर्नु हानिकारक हो कि सुरक्षित पनि पत्ता लगाउन सक्ने आशा गरेका छन्

World Link Ads
Mahakali Polytechnic

यो पनि पढ्नुहोस् ःपुदिनाको सेवन गर्नाले हुन्छन् यी फाइदाहरु !!ःपुदिना एउटा यस्तो कुरा हो जसको उपयोग नेपालमा पनि चटनीका लागि गरिन्छ । तर, यसका फाइदा अनेक छन् । यसले हामीले खाएको खानामात्र पचाउँदैन, पेटमा भएका विभिन्न रोगबाट मुक्ति दिन्छ ।

पुदिनामा मेन्थोल, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन ए, कपर, आइरनजस्ता तत्व पाइन्छ । पुदिना खाँदा वान्तालाई पनि रोक्न सकिन्छ र पेटमा भरिएको ग्यासलाई पनि सहज तरिकाले निकाल्न सकिन्छ । यसले हाम्रो घाँटीमा जमेको कफलाई बाहिर निकाल्न मात्र सहयोग गर्दैन, पसिना निकालेर शरीरमा भएको खराब तत्व पनि बाहिर निकाल्न सहयोग गर्छ ।

पुदिनाको सेवनाले सबैभन्दा फाइदा हाम्रो पेटलाई पुग्छ । पेटमा भएका विभिन्न समस्यालाई समाधान गर्न पुदिना निकै लाभदायी हुन्छ । मसलेदार खाना खाएपछि पुदिना सेवन गर्दा निकै फाइदा पुग्ने गर्छ । यसको सेवनले वान्ता हुनबाट पनि रोक्छ ।

हैजा लागेका व्यक्तिलाई पनि पुदिनाको रस र प्याजको रस मिसाएर दिँदा निकै फाइदा गर्छ । पुदिनालाई मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्दा घाँटीमा भएको समस्या हल हुन्छ, यसले आवाजलाई पनि प्रष्ट बनाउन सहयोग गर्छ ।तर, पुदिनाको सेवन अत्यधिक भने गर्नु हुँदैन । यसले हाम्रो आँतलाई समस्यामा पार्न सक्छ

Sana Kishan

यो पनि पढ्नुहोस् : समयमा सुत्ने समयमा उठ्न गर्नाले हुन्छन् यस्ता फाइदा !!ःनिद्रा त हाम्रो लागि कुनै वरदान भन्दा कम होइन । तर, यो व्यस्त जीवनमा हाम्रो निद्रा बारम्बार डिस्टर्ब भइ नै हाल्छ । जे भए पनि दिमागलाई फ्रेस बनाउन होस् या शरीरका अन्य अंगलाई आराम दिन नै किन नहोस्, हामीलाई आरामको जरुरत निकै पर्छ ।

पछिल्लो समय हामीलाई स्मार्टफोन वा कम्प्युटरबाट आउने कृत्रिम प्रकाशले निद्रामा निकै डिस्टर्ब गरेको छ । शोधकर्ताहरुका अनुसार कृत्रिम उज्यालोका कारण हाम्रो शरीरले राम्रोसँग काम गर्न पाएको छैन ।

यसले हाम्रो स्वास्थ्यलाई पनि निकै असर गरेको छ । हाम्रो आँखामा रेटिना हुन्छ, जुन प्रकाशप्रति निकै संवेदनशील हुन्छ । यसलाई डिस्टर्ब हुनु भनेको हाम्रो स्वास्थ्यमा निकै धेरै असर पर्नु हो ।

तर, विहान छिटो उठ्ने हो भने हाम्रो शरीरमा अतिरिक्त ऊर्जा प्राप्त हुन्छ । मानसिक रुपमा शान्त हुन पनि बिहान छिटो उठ्दा फाइदा नै हुन्छ । दिउँसोको समस्याबाट मुक्ति पाउन पनि बिहान छिटो उठ्नु पर्ने हुन्छ ।

यदि हाम्रो बानी राती अबेरसम्म सुत्ने छैन भने त्यसलाई तुरुन्त बदल्नु आवश्यक हुन्छ । अनि फेरि ढिलोसम्म सुत्ने बानी पनि तत्काल छोड्नु पर्ने हुन्छ । किनकि केही अघि भएको एउटा शोधले पत्ता लगाएको छ कि विहान अबेरसम्म सुत्ने बानी हुँदा मानिसको व्यवहारमा पनि निकै परिवर्तन आउँछ । यसले हामीलाई हाम्रो दिमागमा पनि असर पार्छ ।

विहान अबेर उठ्दा हाम्रो शरीरबाट क्यालोरी खर्च हुन पाउँदैन जसले हामीमा मोटोपनाको समस्या निम्त्याउन पनि सक्छ । यसले हाम्रो वजन बढ्दै जान्छ, हर्मोन असन्तुलित हुन्छ । राती अबेरसम्म निद्रा पर्दैन भने हामीले सुत्नुअघि खुट्टालाई तातो पानीमा डुबाउने, मनतातो दूध पिउने गर्न सक्छौँ । यसो गर्दा हामीलाई निद्रा पर्न सहज हुन्छ ।

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.