स्वास्थ्यका हिसावमा प्याज खानु निकै फाइदाजनक छ । यसका केही फाइदा यसप्रकार छन् ।प्याजलाई सलादका रूपमा खान सकिन्छ । यसको रस पिउँदा लुबाट जोगिन सकिन्छ । पिसाब रोकिने समस्या भएकाहरूले प्याजको रस पिउनु लाभदायक हुन्छ । नियमित प्याज खाँदा पर्याप्त मात्रामा पाचन रस उत्पन्न हुन्छ, जसले गर्दा खानेकुरा राम्रोसँग पच्छ ।
शरीरको कुनै अंग सुन्निए अथवा पीडा भए प्याजको रस लगाउँदा सुन्निएको घट्नुका साथै पीडासमेत कम हुन्छ । काँचो प्याज खाँदा पत्थरीको समस्यामा समेत फाइदा मिल्छ ।यो पनि पढ्नुहोस् ःसकारात्मक उर्जाका लागि घरमा राख्नुस् यी ५ विरुवा !!ससकारात्मक उर्जाको हामी सबैलाई आवश्यकता हुन्छ । र आफ्नो आसपास सकारात्कमता बनाइ राख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जिको माहोल बन्न सकोस् । र, सवै नकारात्मक उर्जा हामीबाट टाढा जाओस् ।
सकारात्मक उर्जाका लागि केही केही विरुवाले पनि साथ दिने गर्छ ।हरियालीमा मानिसको मनमा सकारात्मक उर्जा दिन सहायता गर्छ । त्यस कारण केही यस्ता बोट विरुवा छन् जसले हामीलाई उर्जावान बन्न मद्दत गर्छ ।तुलसीःतुलसी स्वास्थ्यका हिसावले पनि निकै गुणकारी वस्तु हो । यो गुणकारी विरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक उर्जाका लागि पनि निकै फाइदायुक्त हुन्छ ।
मेहन्दीःसकारात्मक उर्जाका लागि शरीर तथा मन चुस्त र दुरुत हुन आवश्यक हुन्छ । र शरीर र मनको थकानलाई टाढा गर्न लागि गुलमेहन्दी निकै फाइदाजनक हुन्छ । यो विरुवा घरमा राख्दा निन्द्रको समस्या समेत अन्त्य हुन्छ ।
मनिप्लान्टःघरको वातावरणलाई खुसी र सकारात्मक बनाउनका लागि मनिप्लान्ट पनि निकै सहयोगी हुने छ । यस विरुवाले घरमा रहेको नकारात्मकतालाई बाहिर लैजान्छ ।घ्यू कुमारीःशरीरको सुन्दरताका लागि एलोभेराको निकै महत्व छ । तर के तपाइलाई घरमा रहेको नकारात्म उर्जा हटाउनका लागि एलोभेरा महत्वपूर्ण हुने कुरा जानकारी छ ?
वाँसःबेम्बु ट्रिले भाग्य तथा प्यार युक्त अवस्था बनाइ राख्नका लागि सहयाता गर्छ । यो सानो खालको वासलाई खासै हेरचाहा को आवश्यकता पनि पर्दै न । साने सिसाको भाडोमा थोरै पानी रखेर एक कुनामा राख्न सकिन्छ ।
यो पनि पढ्नुहोस् ःकपाल र नङ काट्दा किन दुख्दैन ? किन यस्तो हुने गर्छ ?ःहाम्रो शरीरका दुई अंगहरू आजीवन बढिरहन्छन् । ती हुन् नङ र कपाल । हामीहरू फोहोर नजमोस् भनेर नियमित रूपमा कपाल र नङ काट्छौं । तर कपाल र नङ काट्दा हामीलाई दुख्दैन । शरीरका अन्य भाग चाहिँ अलिकति मात्र काटियो भने पनि बेस्सरी दुख्छ । किन यसो हुन्छ त ?
शरीरविज्ञानको दृष्टिकोणले हेर्ने हो भने कपाल र नङमा ज्यान नहुनाले यसो भएको हो । कपाल र नङ मृत कोशिकाबाट बनेका हुन्छन् त्यसैले तिनलाई काट्दा दुख्दैन । तर कपाल पूरै मृत कोशिकाबाट बनेको भएपनि नङ चाहिँ यसो पनि होइन ।
तपाईंले याद गर्नुभएको होला, बढेको नङ काट्दा मात्र पीडा नहुने हो तर छालासँग टाँसिएको नङमा चोट लागेमा वा भाँचिएमा पीडा हुन्छ ।पूरै नङ मृत कोशिकाबाट नबनेको बरू बढेका नङ मात्र मृत कोशिकाबाट बनेका हुनाले नदुखेको हो । छालासँग जोडिएका नङ चाहिँ जीवित कोशिकाबाट बनेको हुनाले त्यसमा चोट लाग्दा हामीलाई दुख्छ ।
gnewsnepal.com बाट साभार