कन्चनपुर, ३० माघ,
महाकाली नदीमा र्याप्टीङका लागि सुदूरपश्चिका तीन वटा नगरपालिकाबीच लिखित सम्झौता भएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाबीच सम्झौता भएको हो ।
शुक्रबार धनगढीमा आयोजित एक कार्यक्रममा तीन वटै नगरपालिकाका प्रमुखहरु र कर्णाली र्याप्टीङ एण्ड एड्भेन्चर प्रालिले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
दशरथचन्द नगरपालिकाका तर्फबाट नगर प्रमुख नरेन्द्रसिंह थापा, परशुराम नगरपालिकाका तर्फबाट नगर प्रमुख भीमबहादुर साउद र भीमदत्त नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख उत्तम बहादुर विष्टले पत्रमा हस्ताक्षर गरेका हुन् ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र(रुडुक) अन्तरगत सञ्चालित ट्रोसा कार्यक्रमको सहकार्यमा ३ वटै नगरपालिका, सम्बन्धित जिल्लामा कार्यरत गैरसरकारी संस्था र एड्भेन्चर प्रालीले महाकाली नदीमा जलयात्रा गर्ने योजना बनाएको बताइएको छ ।
जलयात्राका लागि बैतडीको रुडेस, डडेल्धुराको रुडुक र कञ्चनपुरको निड्स संस्थाले सहकार्य गर्ने रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो ।
सुरुमा महाकाली नदीमा ¥याप्टीङका लागि सम्भाव्य स्थल र सहयोगी समुदायको पहिचान गरि निजी क्षेत्रहरुसँग समन्व्य गरिने बताइएको छ । जलयात्राका लागि आवद्ध भएका स्थानीय तह र निजी क्षेत्रहरुले आवश्यक सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ ।
रुडुकका महासचिव ज्योत्सना साउदले प्राकृतिक स्रोतको सदुपयोग हुनु सकारात्मक भएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘हामीसँग पर्याप्त प्राकृतिक स्रोतहरु छन् ।
हामीले यी स्रोतहरुको सही सदुपयोग गर्न सक्यौं भनेमात्रै पनि सुदूरपश्चिम पर्यटन हब बन्नेछ । यस्ता किसिमका सकारात्मक कदमले सुदूरपश्चिमको आर्थिक र पर्यटन विकासमा समेत ठूलो टेवा पुग्नेछ ।’
सम्झौता पछि बोल्दै रुडुक महासचिव साउँदले र्याििफ्टङ मात्रै नभएर यो संग जोडिएका अन्य व्यवसायहरुलाई पनि बढावा दिन छलफल गरिने बताउनुभयो । उहाँले भन्नुभयो ‘होटेल व्यवसाय, होमस्टे लगायतका सम्भवानाहरुलाई पनि उजागर गर्न अब हामीले छलफल अघि बढाउँछौं ।’
(ninglashainionline.com बाट साभार)