कञ्चनपुरको बेदकोट नगरका किसानलाई प्राङगारिक मल वितरण गरिएको छ । स्वीट नेपाल र बेदकोट नगरपालिकाले किसानलाई प्राङगारिक मल वितरण गरेको हो । बिहीबार एक कार्यक्रमका विच बेदकोटका किसानलाई कृषि उत्पादनका लागि मल वितरण गरिएको छ ।
स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले युएनडिपिको सहयोगमा सञ्चालित कोभिड १९ प्रतिकिया समाजिक आर्थिक पुन प्राप्ति परियोजना अन्तरगत आज वेनपा ७ र ८ का ३० जना किसानहरु लाई ६० बोरा प्रागरिक मल बितरण गरिएको बताए । उनका अनुसार प्रत्येक १ जना लाई २ वोराका दरले मल दिईएको छ ।
बेदकोट नगरपालिका प्रमुख अशोक कुमार चन्दले किसानलाई मल हस्तान्तरण गर्दै कृषि कार्यमा सकृयता देखाउन आग्रह गरेका छन । बेदकोट नगरका ७ र ८ वडालाई लसुनको पकेट क्षेत्र बनाईएको हो । उक्त परियोजनाले ४ सय २५ किसानलाई प्रत्यक्ष लाभान्वित भएका छन । जनसरोकार पोस्ट बाट सभार