काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष्म)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरी मिनभवनस्थित महानगरीय अपराध महाशाखामा राखेको छ ।
उनलाई गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीमथि अपशब्द बोलेको भन्दै पक्राउ गरिएको महाशाखाले स्पष्ट पारेको छ । झाँक्रीसँग अहिले सोधपुछ चलिरहेको छ । झाँक्रीलाई भेट्न नेकपाका नेताद्वय नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई अपराध महाशाखा पुगेका थिए ।
अहिले झाँक्रीले अपराभ महाशाखा भित्रैबाट स्ट्याटस लेखेकी छन् । उनले भनेकी छन्, ‘राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मिनभबनमा छु । सबै साथिहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाई हो ।
उनले लोकतन्त्रमा बोल्न पाइने भन्दै बुधबारको नेकपा (दाहाल–नेपाल पक्ष)को विरोधसभामा पनि सन्की प्रधानमन्त्री प्यादा राष्ट्रपति भएको बताएकी थिइन् । ओकेजनता डेस्कबाट सभार