सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश २ : प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला

प्रदेश २ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौँ रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक विकास मन्त्रालयद्वारा सोझै प्रदेशका आठ जिल्लाका ६४ विद्यालयलाई छनौट गरी रकम बाँडिएको छ ।

प्रतिविद्यालय २५ लाख रुपैयाँका दरले १६ करोड रुपैयाँ विभिन्न शीर्षकमा भुक्तानीसमेत गरियो । तर, भुक्तानी गरिएको रकम उल्लेखित भएको शीर्षकमा खर्च भए नभएको अनुगमन समेत नगरी विद्यालयबाट कमिसन पाएकै आधारमा निकासा गरिएको कर्मचारी बताउँछन् ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

सीप विकास तथा जनचेतना तालिममा १८ महिने वा सोभन्दा बढीको टीएसएलसी प्रोगामअन्तरगत कम्युटर, कृषि, पशु, स्वास्थ्य लगायत अध्ययन गराउने प्राविधिक विद्यालयले अनुदान पाउनुपर्ने हो । तर, प्राविधिक शिक्षा अध्यापनको स्वीकृतिसमेत प्राप्त नगरेका विद्यालयलाई मनमौजी रकम बाँडिएको सम्बन्धित कर्मचारीले नै जानकारी गराएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.