सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भागरथी हत्या प्रकरणमा राष्ट्रपति भण्डारीको चासो, अनुसन्धानलाई तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह

माघ २८ गते, बैतडी,
राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी अनुसन्धानलाई तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बोलाएर आयोगका नवनियुक्त पाँचैजना पदाधिकारीसँग छलफल गर्दै राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो ।

छलफलमा वैतडीमा केही दिन अघि हत्या गरिएकी भागरथी भट्टको अनुसन्धानलाई तीव्र बनाउन आवश्यक सहयोग गर्न पनि राष्ट्रपतिले आयोगलाई आग्रह गर्नुभएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आयोगका पदाधिकारीहरुले बैतडीमा स्थलगत अनुगमन गर्न धनगढीस्थित कार्यालयबाट टोली खटाइएको र घटनास्थलमा पुगिसकेको जानकारी गराउनुभएको थियो ।

यहि माघ २१ गते बुधबार बिद्यालय गएकी दोगडाकेदार गाउपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट २२ गते बिहिबार साँझ ५ बजे जङ्गलमा मृत भेटिएकी थिइन । प्रहरीले हाल सम्म हत्यारा पत्ता लगाउन सकेको छैन ।

 

(सेभेन स्टार बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.