सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

प्रचण्ड–माधवको निर्वाचन आयोग र अदालतलाई खबरदारी !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ २८, २०७७
1 मिनेट पाठ

२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई खबरदारी गरेका छन् ।

संसदमा अविश्वासको प्रस्तावबारे कांग्रेसमा एकमत

फाल्गुन १९, २०७७
18

गगन थापाले भने ओली कातर प्रधानमन्त्री !!

फाल्गुन १९, २०७७
22

नेकपाको अधिकारिकता विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर आफू नै नेकपाको आधिकारिक भएको दाबी गरेका थिए । त्यसको भोलिपल्ट प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको वृहत् जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय प्रचण्ड र नेपालले ओलीको धम्कीबाट खुट्टा नकमाउन निर्वाचन आयोगलाई आग्रह गरे ।

सम्बोधनका क्रममा प्रचण्ड ‘आयोगका कोही कोही मान्छे.. बढी नभनौं, भन्यो भने फेरि बिग्रिने हो कि’ भन्दै रोकिएका थिए । तर, सहभागीहरुको हुटिङपछि उत्साहित भएका उनले केन्द्रीय कमिटीको ७० प्रतिशत हामीसँग छ भनेर जाँदा विवाद सुरु भएको १० दिन पनि नभएको बताए । प्रचण्डले भने, ‘त्यसलाई हिसाब नगर्ने, केपी ओली गएर धम्क्याउने वित्तिकै त्यसलाई हिसाब गर्नुभयो भने तपाईको खुट्टी देख्छ नेपालले ।’

प्रचण्डले चेतावनी दिँदै भने, ‘सजिलो नठान्नुहोला । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ प्रचण्डले संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने चेतावनी दिए ।

आयोगसँगै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेरिरहेको सर्वोच्च अदालततर्फ संकेत गर्दै प्रचण्डले आफूले बोल्दा (अदालतको) अपमान गरेको आरोप पनि लाग्ने गरेको भन्दै भने, ‘मैले कहिल्यै अपमान गरेको छैन । अदालतप्रति भरोसा छ, छिटो गरिदेऊ भनेको छु । गर्ने त्यही हो, छिटो गर ।’

आफ्नो पक्षले गरेको सभामा भएको उपस्थितिले पनि अदालतलाई सहज हुने प्रचण्डले दाबी गरे । ‘संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा फैसला गर्न भन्ने म ठान्दछु’ उनले भने, ‘त्यसो भएन भने आँधी आउँछ, हुरी चल्छ । कसैले थाम्न सक्दैन ।’

 

प्रधानमन्त्री केपी ओलीको निरंकुश र लोकतन्त्र विरोधी सनकसँग डराएर फैसला आउँछ भन्ने विश्वास नरहेको, तर संविधानको बचाउने पक्षमा फैसला नआए ग्रीन रिभोलुसन (शान्तिपूर्ण क्रान्ति) हुने प्रचण्डको चेतावनी छ ।

संवैधानिक निकायहरुले डर धाक धम्की नहेरुन्, स्वतन्त्र ढंगले काम गरुन् भन्ने चाहेको बताउँदै उनले भने, ‘निर्वाचन आयोग खुट्टा नकमाऊ, काइते कुराको पछि नलाग ।’

अर्का, अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओलीले ‘पहिलो अध्यक्ष म नै हुँ, आधिकारिकताको विवादमा पस्न पाउँदैन’ भनेर संवैधानिक निकायलाई धम्क्याएको आरोप लगाए ।

पार्टीमा कोही पहिलो अध्यक्ष नभएको भन्दै उनले पार्टीको विधान, दस्तावेज, सकुर्लर र निर्णय हेर्न निर्वाचन आयोगलाई आग्रह गरे । उनले भने, ‘त्यसमा शंका छ भने ४४१ लाई बोलाएर एक–एक व्यक्तिको टाउको गने हुन्छ ।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्ह, झण्डालगायतका विषयमा विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुने व्यवस्था रहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले त्यसको हेक्का राख्न आयोगलाई आग्रह गरे ।

 

वरिष्ठ नेता झलनाथ खनालले पनि प्रचण्ड र माधव नेपालसँग मिल्दोजुल्दो भाषामा निर्वाचन आयोगलाई नेकपाको वैधानिकता विवादमा नअल्झन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको धम्की नभई कानून हेर्न सुझाव दिएका खनालले चेतावनीको भाषामा भने, ‘आधिकारिकताको प्रमाण दिनबारे आयोगलाई सकस परेको छ । तर, कहाँ कानून मिलाउनु पर्ने हो, मिलाउनुहोस्, ऐन मिलाउनुहोस्, प्रक्रिया मिलाउनुहोस् । ढिलो गर्दा अप्ठ्यारो आउन सक्छ ।’

कांग्रेसलाई सहकार्यको प्रस्ताव

सभालाई सम्बोधन गर्दै नेताहरुले नेपाली कांग्रेसलाई सडक आन्दोलनमा सहकार्य गर्न आग्रह गरेका छन् । गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्नुका साथै तत्कालीन प्रधानमन्त्रीका रुपमा संविधानसभाबाट गणतन्त्रको घोषणा गरेको तथा नयाँ संविधान जारी हुँदा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री रहेको स्मरण गर्दै प्रचण्डले भने, ‘अहिले शेरबहादुरजी हुनुहुन्छ, संविधान निर्माणमा तपाई पनि नेता हो । यसमाथि घात हुँदा त्यो लोकतान्त्रिक पार्टीले संयुक्त आन्दोलन गर्ने र केपीको निरंकुशतालाई सदाका लागि परास्त गर्ने र लोकतन्त्र खतरामा छैन भन्ने पुष्टि गर्ने अवसर हो । यो अवसर गुम्न नदिनुस्, हामी तपाईहरुसँग हातेमालो गर्न तयार छौं ।’

वरिष्ठ नेता झलनाथ खनालले पनि कांग्रेस, जनता समाजवादी लगायतका लोकतन्त्र पक्षधर सबैलाई संयुक्त आन्दोलनमा आउन आह्वान गरे । पुस ५ मा प्रतिक्रान्ति भएकाले त्यसविरुद्ध आन्दोलन भइरहेको भन्दै उनले भने, ‘यो नेकपाको मात्र आन्दोलन होइन जताको आन्दोलन हो । आउनुस्, संयुक्त आन्दोलन गरौं ।’

ओलीलाई चेतावनी ः बालुवाटार घेर्न आउन नपरोस्

सभालाई अध्यक्षद्वयसहित १४ नेताले सम्बोधन गरेका थिए र अधिकांशले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।

तानाशाह बन्न खोजेको भन्दै ओलाचना गरेका उनीहरुले ओलीलाई घुँडा टेकाइछाड्ने बताए । अध्यक्ष प्रचण्डले राजीनामा दिएर बालकोट जान सुझाए । उनले अघि भने, ‘अर्को पटक १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीमाथि संविधानको उपहास गरेको र फासीवादतिर लागेको आरोप लगाए । ओलीले लोकतन्त्रको रक्षा गर्छु भन्नु ठट्टा भएको भन्दै उनले भने, ओलीले संविधान र लोकतन्त्र ध्वस्त पार्न चुनाव घोषणा गरेका हुन् ।’

नेता जनार्दन शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने बताए । त्यस्तो विद्रोहले संघीयता र गणतन्त्र विरोधीहरुलाई समाप्त पार्ने उनको चेतावनी थियो ।

 

नेत्री रामकुमारी झाँक्रीले ओली कागजी तानाशाह भएको बताइन् । बादशाहहरु कमजोर बन्दै गएपछि कागजका अग्ला कदका बुख्याचा बनाउने भन्दै उनले भने,, खड्गप्रसाद ओली कागजी बादशाह हुन्, ती ढलिसके, घोषणा हुन मात्र बाँकी छ ।

निरंकुशताको साक्षी बनेको भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीको सचेत चर्को आलोचना गरिन् ।

(अनलाइनखबरबाट साभार)

सिफारिस

राजनीति

संसदमा अविश्वासको प्रस्तावबारे कांग्रेसमा एकमत

फाल्गुन १९, २०७७
18
राजनीति

गगन थापाले भने ओली कातर प्रधानमन्त्री !!

फाल्गुन १९, २०७७
22
राजनीति

प्रधानमन्त्री ले भने ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला !!

फाल्गुन १८, २०७७
26
मुख्य समाचार

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७
34
राजनीति

प्रधानमन्त्री ओलीले भने मलाई हटाएर देखाउनुस् !!

फाल्गुन १७, २०७७
10
राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त !!

फाल्गुन १६, २०७७
10
अर्को

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढ्यो !

कञ्चनपुरमा विकास निर्माण: कतै ठेकेदारको लापरवाही, कतै प्रक्रियाले प्रभावित !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

कञ्चनपुरको बेदकोट नगरपालिका २ को वडा कार्यालय उद्घाटन

फाल्गुन २०, २०७७

बेलायतमा नेपाली बिद्यार्थीका लागि साहारा बन्दै : राज सिटौला

फाल्गुन २०, २०७७

मौसम सम्बन्धी जानकारी :आजको मौसम कस्तो रहनेछ ?

फाल्गुन २०, २०७७
तस्विर : सामजिक सञ्जालबाट

म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको गोली लागेर मृत्यु !!

फाल्गुन २०, २०७७

बजेटको टुंगो छैन, हतारमा शिलान्यास : औद्योगिक क्षेत्रको कथा !!

फाल्गुन २०, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In