कपिलबस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि गरिएको निर्वाचनको समय सकिएको छ । निर्वाचन प्रमुख अधिकृत रविराज आर्चायका अनुसार अहिलेसम्म ९५ प्रतिशत मत खसेको छ ।
यस्तै मतदानको लागि तोकिएको समय पनि सकिएको छ । संघको निर्वाचनमा ९५ प्रतिशत मत खसेको जनाइएको छ । उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि टोप नारायण बेल्वासे र डोलकराम घिमिरेको प्यानल मैदानमा उत्रिएको हो । साँझ ५ बजेपछि मतगणना सुरु हुने छ । मायादेवी अनलाइन,