सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओली र गृहमन्त्री बादलबीच सुरू भयो लफडा

काठमाडौं अस्तिदेखि शुरु भएको नेकपा ओली खेमानिकट युवा संघको दोस्रो दिनको भेलामा झडप भएको छ । नेतृत्व चयनमा विवाद भएपछि वचनबहादुर सिंह र किरण पौडेलपक्षबीच हानाहान भएको हो । गृहमन्त्री रामबहादुर थापा बादलनिकट बिरु तामाङ र पूर्व माओवादीहरुलाई कित्ताकाट सहित निषेध भएकोमा चित्त दुखाउँदै उनीहरुले बैठक बहिष्कार गरेका थिए । महेश बस्नेत समूहले भने एकतर्फीरुपमा हुलदंगाकै बीच नयाँ नेतृत्व घोषणा र बैठक बिसर्जन गर्न खोजेपछि दुई पक्षबीच पाटन च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सङ्ग्राम भएको बताइन्छ ।

बहिष्कार गर्ने बिरुका तेह्र भाइमा सुदीप तामाङ (भक्तपुर),गंगा कार्की (रुपन्देही),सुबित ढुंगाना (काठमाण्डौं),टेकबहादुर बोगटी (कालिकोट र कैलाली),पुष्पराज श्रेष्ठ (सिन्धुली),योगेन्द्र लामा (काभ्रे),अरुण क्षेत्री (काभ्रे), बलदीप राई (धनकुटा),विजय डाँगी (मोरङ),भोजबहादुर थापा (म्याग्दी),गोविन्द भुसाल (अर्घाखाँची),विमल पौडेल (पर्सा) र योगेश साउद (कंचनपुर) छन् । नयाँ कार्यसमितिमा बिरु निकट कसैलाई पनि नराखिएपछि बादल हेरेको हेर्यै भएका छन् ।

Sana Kishan

हिजो घोषणा गरिएको कार्यसमितिमा अध्यक्ष वचनबहादुर सिंह,सहअध्यक्ष किरण पौडेल,उपाध्यक्ष सन्तोष रावल,रविन थापा,क्षितिज थेवे, अञ्जना अधिकारी,उर्मिला सुनुवार,नृपेन्द्र महत,सञ्जीव झा, रोशन बस्नेत,अमित लामा,गजेन्द्र शाही,अशोक चौंलागाईं,तिरण गौतम र सुमन पुरी छन् ।

World Link Ads
Mahakali Polytechnic

त्यसैगरी महासचिव रमेश आचार्य, उपमहासचिव रामजी सापकोटा र रमेश तिवारी तथा सचिवमा सन्तोषप्रकाश जोशी,विष्णा चन्द, मिलन सिंह,सुमित्रा बोगटी,राजन थापा,सुमन बुढा,चन्द्र दाहाल, तुलबहादुर अधिकारी,रमेश पौडेल, रविन्द्र लम्साल,प्रकाश लामिछाने, गोविन्द बस्नेत,हरि लम्साल,महेन्द्र गुरुङ,खिलबहादुर राना,सम्राट गौचन,मदन भण्डारी,अमित पौडेल,शिव महर्जन,मिलन सिंह, प्रकाश लामिछाने,बिमल लामिछाने,महाराज गुरुङ,जय गुरुङ, विष्णुहरि त्रिपाठी,बेग पाण्डे,संगीता अछामी,प्रताप डल्लाकोटी,सत्यनारायण यादव, शिवचन्द्र सिंह,मोबिन आलम, सीता सुवेदी,अर्जुन ढुंगाना, देवानन्द मेहता,रामकाजी बान्तवा र राकेश राईलाई राखिएको छ ।

कोषाध्यक्ष मुकेश बुढाथोकी छन् भने सहकोषाध्यक्ष राकेश लामा र हिमेश केसी,निर्वाचन आयोग प्रमुख बाबुराम पाण्डे र लेखा आयोग प्रमुख सुदीप सापकोटा, उपप्रमुख प्रल्हाद प्रधानलाई तोकिएको छ । पाथिभरा न्युज

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.