किशोर तमाङ्ग, कञ्चनपुर, २७ माघ । कञ्चनपुरको पुनर्वासमा मोटरसाइकलले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका २ अरनिको बस्ती निवासी वर्ष ५२ की पोतेजोम तामाङ दैनिकझैँ सोमबार साँझ पनि खेतमा काम गरी सडक छेउ हुँदै घरमा फर्कदै गर्दा अरनिको बस्ती स्थित मिनि बजार नजिकै तीब्र गतीमा आएको से ४ प ५५४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना हुन पुगेको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि आईबिआरडी स्थित पुनर्वास पोलिक्लिनिकमा लगिएको थियो । उहाँको त्यहाँ उपचार सम्भव नभए पछि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । प्रादेशिक अस्पतालमा उपचार गर्दै सेती प्रादेशिक अस्पताल देखि माया मेट्रोमा सिटि स्क्यान गर्नका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिनुभयो ।
ठक्कर दिने मोटरसाइकल चालक पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथ बस्ती बस्ने वर्ष २२ का सञ्जय सुनार र रातो स्प्लेन्डर मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यधिक मदिरा सेवान र तीब्र गतिका कारण दुर्घटना हुन सक्ने त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताउनु भयो । दुर्घटनामा परी ज्यान गुमाएकी तामाङको शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको आकस्मिक शव गृहमा राखिएको छ ।