सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

भागरथी भट्ट हत्याको थप अनुसन्धानका लागि प्रदेश प्रहरी घटनास्थलमा !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २६, २०७७
1 मिनेट पाठ
मृतक भागरथी भट्ट

मृतक भागरथी भट्ट

बैतडी ( बैतडीको दोगडकादार गाउँपालिका(७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याको घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेको छ ।

भ्यान दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव ल्याउन खर्च नहुँदा ढिलाइ !!

फाल्गुन २४, २०७७
9

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु !!

फाल्गुन २४, २०७७
10

घटनालाई गम्भीरतापूर्वक लिइएकाले थप अनुसन्धानका लागि सुवेदी नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेर अध्ययन गरिररहेको छ । यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

भागरथीको शव परीक्षणअघि नै भेजाइनल स्वाब सङ्कलन गरी प्रहरीलाई बुझाएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताउनुभयो ।

यसैगरी अन्य आवश्यक प्रमाण पनि सङ्कलन भएका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीको भनाइ रहेको छ । घटनामा संलग्नलाई पत्ता लगाउन प्रहरी लागि परेको छ उहाँले भन्नुभयो, “घटनामा संलग्न आरोपी अहिलेसम्म पक्राउ परेका छैनन्, अनुसन्धानकै क्रममा छौँ ।”

किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ । मृतक किशोरी सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन् ।

हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ । विद्यालयबाट घर फर्किरहेको बेला बाटोमा विभत्स रुपमा हत्या भएको विरोधमा तीन दिन शैक्षिक हड्ताल गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिनुभयो ।

विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भए पनि शान्तिपूर्ण रुपमा पठनपाठनको वातावरण बन्न नसकेको शिक्षकहरु बताउँछन् । यही माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीबार घर नजिकै रहेको लवलेक जङ्गलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो । मृतक किशोरीको शनिबार माघ २४ गते शव परीक्षण सम्पन्न भए पनि रिपोर्ट आउन बाँकी छ ।

मृतकका आफन्तले जिल्ला अस्पतालमा रहेको किशोरीको शव बुझ्न मानेका छैनन् । घटनाको सत्यतथ्य छानविन गरी वास्तविक दोषीलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गर्न माग गर्दै शव नबुझेको भागरथीका काका शिवराज भट्टले बताउनुभयो ।

जिल्लाका राजनीतिक दलले हत्यारालाई पत्ता लगाइ कानूनी दायरामा ल्याउन माग गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानविन गर्न माग गरेको छ ।

जिल्ला अध्यक्ष सुरेन्द्र पालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ । नेकपाकै प्रचण्ड(माधव समूहले घटनाको निन्दा गरेको छ । सचिव प्रेमप्रकाश भट्ट आदित्यले एक विज्ञप्ति जारी गर्दै सरकारले यो घटना सत्यतथ्य रुपमा बाहिर ल्याउनुपर्ने माग गर्नुभएको हो ।

नेपाली कांग्रेसले घटना दिनै सम्वेदनशील रहेकाले यथाशीघ्र दोषी पत्ता लगाइ सार्वजनिक गर्न अपिल गरेको छ । जिल्ला सचिव प्रेम चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले यो घटनाप्रति गम्भीर हुनुपर्ने जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष इन्द्रदेवशरण भट्टले विज्ञप्ति जारी गर्दै दोषी पत्ता लगाउन माग गर्नुभएको छ ।

 

 

 

(upaharkhabar.com बाट सभार)

सिफारिस

मुख्य समाचार

भ्यान दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव ल्याउन खर्च नहुँदा ढिलाइ !!

फाल्गुन २४, २०७७
9
मुख्य समाचार

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु !!

फाल्गुन २४, २०७७
10
मुख्य समाचार

अटो दुर्घटना हुँदा चालकको मृत्यू !!

फाल्गुन २३, २०७७
18
मुख्य समाचार

सर्वोच्च अदालतले खारेज गर्यो नेकपा एमाले र माओवादी केन्द्रको एकता !!

फाल्गुन २३, २०७७
17
बैतडी

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
12
मुख्य समाचार

“मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरे” : वनमन्त्री आले

फाल्गुन २३, २०७७
12
अर्को

सिन्धुलीमा आफ्ना दुई सन्तानसहित घरबाट निस्केकी महिला मृत फेला, छोराछोरी भने अझै बेपत्ता !!

बुधबारदेखि पहाडी भू–भागका थोरै स्थानमा बुधबारदेखी वर्षा र हिमपातको सम्भावना !!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

भ्यान दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव ल्याउन खर्च नहुँदा ढिलाइ !!

फाल्गुन २४, २०७७

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु !!

फाल्गुन २४, २०७७

प्रधानमन्त्री केपी ओली फेरि शक्तिशाली !

फाल्गुन २४, २०७७

भावनामा पौडी खेली ईज्जत् लुट्नेलाई…..

फाल्गुन २४, २०७७

तिमीले अमृत सम्झिएको जहर हुन सक्छ : धर्मानन्द भट्ट !!

फाल्गुन २४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In