सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उत्तराखण्डस्थित हिमनदीको बाढीमा परी सयौं हराइरहेको आशंका, ८ जनाको मृत्यु भएको पुष्टी

भारतको उत्तराखण्ड राज्यमा हिमपहिरो सहितको पहाड नै नदीमा खसेपछि आएको बाढीले बाँध भत्किदा सयौं मानिस हराइरहेका छन् भने कयौंको मृत्यु भएको आशंका गरिएको छ ।

उत्तराखण्डस्थित सो बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको हो । अधिकारीहरूका अनुसार १ सय २५ जनाभन्दा बढी स्थानीयहरू हराएको आशंका गरिएको छ ।

बाढीको भेल तीव्र गतिमा बस्तीहरुमा पसेपछि धेरै नोक्सानी पु¥याएको छ । चमोली जिल्लाको धौलीगंगा नदीमा आएको बाढीले बाँध भत्काएको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

हराइरहेकामध्ये अधिकांश सो स्थानमा रहेको जलविद्युत्‌ आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

बाढी तीब्र गतिमा अनायासै आएकाले कसैलाई सचेत गराउन नभ्याएको स्थानीयले बताएका छन् । हालसम्म ८ जनाको शव फेला परेको छ ।

ऋषिगंगा जलविद्युत परियोजनाको सुरुङभित्र काम गरिहरेका ५० जना मजदुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । सुरुङमा फसेका १६ जनासहित अन्य थुप्रैलाई उद्दार गरिएको छ । उपहार खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.