सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सुर्नया गाउँपालिकाले छुट मुक्त हलियालाई परिचय पत्र वितरण गर्ने तयारी गर्दै !

बैतडी-  बैतडीको सुर्नया गाउँपालिकाले छुट मुक्त हलियाहरुलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ ।

छुट मुक्त हलियाहरुको तथ्यांक संकलन भएपछि अब उनीहरुलाई परिचय पत्र वितरण गरिने गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो ।

नयाँ पाइला मुक्त हलिया बचत तथा ऋण सहकारी संस्थाले गाउँपालिकाका ८ ओटै वडाबाट छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरेर गाउँपालिकालाई बुझाएको सहकारी संस्थाका अध्यक्ष एवं जिल्ला हलिया मुक्ति समाजका उपाध्यक्ष जयराम लुहारले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

गाउँपालिकाभरी एक हजार जना छुटमुक्त हलिया रहेका उहाँले बताउनुभयो ।

Dirghayu Ads
Sana Kishan

अहिले सम्म गाउँपालिकाभरी ३ सय मुक्त हलियाहरुले परिचय पत्र पाईसकेका छन् ।

छुट मुक्त हलियाहरुलाई परिचय पत्र वितरणका लागि कार्यविधि बनाएर परिचय पत्र वितरण गरिने गाउँपालिका अध्यक्ष बिष्टले बताउनुभयो ।

जिल्लाका अन्य स्थानीय तहहरुले छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरिरहेका हलिया मुक्ति समाजका उपाध्यक्ष लुहारले जानकारी दिनुभयो ।

 

 

 

(भगीरथ अवस्थीले ninglashainionline.com मा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.