सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा ब्राउन सुगर सहित २ जना पक्राउ !

कञ्चनपुर : जिल्लामा लागु औषध ब्राउन सुगर सहित कैलालीका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिला समेत रहेकी छन् ।

सीमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वनकुरुवा क्षेत्रबाट घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडका २२ वर्षिय गोरखबहादुर बोगटी र बर्दागोरीया गाउँपालिका वडा नम्बर ३ बौनियाकी २३ वर्षीया शारदा विकलाई पक्राउ गरेको हो ।

Sana Kishan

बा ६८ प ३१६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर, ४ हजार नगद, बैँकका चेक, ३ थान मोवाइल, झोला , भारतीय सिम कार्ड समेत बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहिका लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीलाई बुझाईएको छ ।

 

Dirghayu Ads

(गोदावरी न्युजबाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.