सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान खाली पेटमा किशमिशको पानी खानुहोस् ( शरिरमा देखिन्छ यस्ता फाइदा) !

अंगुरलाई सुकाएर किशमिश बनाइन्छ । यसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ । यसकारण यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर आयुर्वेद अनुसार दैनिक किशकिशको साटो यसको पानी पिउँदा धेरै फाइदाजनक हुन्छ । भारतका आयुर्बेद एक्सपर्ट अबरार मल्तानीका अनुसार किशमिसमा गुलियो मात्रा बढि हुने भएकाले रातभरी यसलाई भिजाएर राख्दा यसको गुलियो पन कम हुने र पौष्टिक तत्वमा वृद्धि हुन्छ ।

कसरी बनाउने किशमिशको पानी
एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किशमिश हाल्नुहोस् र रातभरी छोडिदिनुहोस् । बिहान हल्का तातो बनाएर खाली पेटमा यसलाई खानुहोस् र किशमिशलाई मज्जाले चपाएर खानुहोस् ।

१. किशमिश एक उत्कृष्ट डिटक्स गर्ने ड्राइफ्रुट हो । यसको पानीले शरिरको सबै टक्सिन बाहिर निकाल्ने गर्दछ ।

World Link Ads
Mahakali Polytechnic

२. किशमिशमा प्रचुर मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियामा सहयोग पुर्याउँछ । यसको पानी पिउँदा पाच क्रिया सही हुन्छ ।

Sana Kishan

३. किशमिशमा एन्टिब्याक्टेरियल गुण हुन्छ । जसका कारण मुखको दुर्गन्धलाई टाढा राखेर घाँटीको संक्रमणबाट जोगाउँछ ।

४. किशमिशमा क्याल्सियम र माइक्रो न्यूट्रियन्ट पाइन्छ । यसले हड्डी र जोर्नी बलियो राख्न सहयोग गर्दछ ।

५. यसमा आइरनको मात्रा पनि प्रचुर हुन्छ । त्यसकारण किशमिश र यसको पानी खाँदा शरिरमा रगतको मात्रा बढ्छ जसले रक्तअल्पत्ता हुनबाट जोगाउँछ ।

६. किशमिशमा फाइबर र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइन्छ जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गरेर मुटु रोगबाट पनि जोगाउँछ ।

 

 

(frommandu.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.