बैतडी- माघ २३, जिल्ला अस्पताल बैतडीलाई आईशोलेसन किट हस्तान्तरण गरिएको छ । ग्रामीण बिकास एबंम वतावरण ब्यवस्थापन समाज (रुडेस) बैतडीले ४ सय थान आईशोलेसन किट हस्तान्तरण गरेको हो । कोरोना रिर्पोट पोजेटिभ आएका ब्यक्तिहरुलाई आईशोलेशनमा बस्दा काम लाग्ने ८ लाख ८० हजार बराबरको आईशोलेसन किट सहयोग गरिएको रुडेसका कार्यकारी निर्देशक गोबिन्द राज जोशीले जानकारी दिनुभएको छ ।
आईशोलेसन किटले कोरोना संक्रमण पुष्टि भएर आईशोलेशनमा बसेका बिरामीमा अक्सिजनको मात्रा पत्ता लगाउने जिल्ला अस्पतालका प्रमुख डाक्टर बशन्त राज जोशीले बताउनुभयो । अहिले जिल्लामा सक्रिय संक्रमीत शुन्य रहेपनि नेपालमा नयाँ प्रजातिको संक्रमण देखा परिसकेकोले जिल्लामा संक्रमण देखा परेमा किटहरु काम लाग्ने उहाँको भनाई छ ।
ग्रामीण बिकास एबंम वतावरण ब्यवस्थापन समाज (रुडेस)ले ठुलो मात्रामा जिल्ला अस्पताललाई सहयोग गरेको भन्दै प्रमुख जोशीले धन्याबाद ब्यक्त गर्नुभयो । कोरोना महामारीको समयमा पनी रुडेस बैतडीले जिल्ला अस्पताल बैतडीलाई मास्क, ग्लोब्स र स्यानीटाईजर लगायतका स्वास्थ्य सामाग्र्र्रीहरु सहयोग गरेको थियो ।
(रेडियो बैतडी बाट साभार)