सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी स्थित नेपाल भारत सीमा नाका झुलाघाट नाका भोलिबाट खुल्ने !

बैतडी- माघ २३ बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका खुल्ने भएको छ ।

भोली शनिबारदेखि नियमति रुपमा नाका खुल्ने भएको हो ।

नेपाल सरकार मन्त्रिपरिषदको भारतसगं सीमा जोडिएका बिभिन्न नाकाहरु खुला गर्ने निर्णय बमोजिम झुलाघाट नाका पनी खुला गर्न लागिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले जानकारी दिनुभएको छ ।

World Link Ads
Mahakali Polytechnic

“हामीले नियमित रुपमै नाका खुला गर्न आग्रह गरेका थियौ । अब सुचना जारी गरेको छ । नियमित रुपमै खुला हुन्छ होला ”उहाँले भन्नुभयो ।

यस अघि माघ १६ गतेदेखि नै नाका खुला गर्ने भनिए पनि भारतिय पक्षले नमान्दा ढिलाई भएको हो ।

Sana Kishan

अहिले भारतिय पक्षले समेत नाका खुलाउनका लागी सुचना जारी गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले एक सुचना जारी गर्दै आबश्यक काम भएका, अलपत्र परेका नेपाली र भारतीय नागरिकहरुलाई तोकिएको स्वास्थ्य तथा सुरक्षाको पुर्ण मापदण्ड पालना गरी आवात जावत गर्न सकिने जनाएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो।

 

( रेडियो बैतडी बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.