काठमाडौं । नेकपा ओली पक्षले आज काठमाडौंमा गर्ने जनसभामा तीन जना शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
मध्यान्ह १२ बजेपछि नारायणहिटीमा हुने जनसभामा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्दैछन् ।
देशभरीका नेता, कार्यकर्ता सम्मिलित जनसभामा ओली पक्षले सरकारले गरेका काम र दाहाल–नेपाल पक्षले का मगर्न नदिएको बारे गुनासो पोख्ने कार्यतालिका छ । अहिले नेकपा विभाजित भएर दुई खेमामा देखिन्छ ।
नेकपाको विभाजनले मुलुकमा संकटको स्थिति सिजर्ना भएको भन्दै जनताको एकातिर आक्रोश छ । प्रथम अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले पार्टीलाई एकढिक्का बनाउन नसकेको दाहाल–नेपाल पक्षको आरोप छ भने, दाहाल–नेपाल पक्षले काम गर्न नदिएको ओली पक्षको आरोप छ ।
अहिलेको अवस्थामा तोकिएको मध्यावधि निर्वाचनले नेकपालाई पनि फलामको चिउरा चपाउनु जस्तै भएको छ । ओकेजनता बाट सभार