सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

आमहडतालले जनजिवन कष्टकर- परीक्षा प्रभावित, बिरामी हिँडेरै अस्पताल !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २३, २०७७
1 min read

काठमाडौँ — नेकपा दाहाल–नेपाल समूहले गरेको आमहडतालका कारण बिहीबार एलएलबीका परीक्षार्थी प्रभावित भएका छन् । बुधबारदेखि सुरु भएको एलएलबी दोस्रो वर्षको परीक्षाको दोस्रो दिन प्रोपर्टी ल विषयको परीक्षा थियो । आमहडतालका कारण बिहान ८ बजे तोकिएको परीक्षा केही ढिलो गरी सुरु भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
9

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
6

परीक्षा सञ्चालन भए पनि धेरै परीक्षार्थी अनुपस्थित थिए । त्रिचन्द्र बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा ६ सय परीक्षार्थीमध्ये ३ सय ३० जनामात्र उपस्थित भएको केन्द्राध्यक्ष तथा सहायक क्याम्पस प्रमुख एमपी कोइरालाले बताए । ‘एलएलबी कुनै विषयमा स्नातक गरेपछि पढ्न पाइने विषय हो,’ उनले भने, ‘त्यस कारण परीक्षार्थी शतप्रतिशत उपस्थित हुँदैनन् । तर बिहीबार दोस्रो दिनको परीक्षामा धेरै अनुपस्थित रहेको पाएका छौं । आमहडतालकै कारण उपस्थित भएनन् कि भन्ने लागेको छ ।’

बागबजारस्थित पद्मकन्या क्याम्पस केन्द्रका परीक्षार्थी विकास राईले सवारीसाधन नचल्दा सास्ती बेहोर्नुपरेको बताए । ‘अचानक आमहडताल घोषणाले हामी परीक्षार्थीलाई सास्ती भएको छ,’ कोटेश्वरमा बस्दै आएका उनले भने, ‘परीक्षा केन्द्र कसरी पुग्ने भन्ने चिन्ताले सतायो । हिँडेरै जाँच दिन पुगियो ।’ पाटन संयुक्त क्याम्पस केन्द्रकी परीक्षार्थी मञ्जु खड्काले पनि आमहडतालले अन्योलमा परेको बताइन् । ‘बल्लतल्ल हिँडेर परीक्षा केन्द्र पुगियो र परीक्षा हुने कि नहुने भन्ने अन्योल भयो,’ उनले भनिन्, ‘परीक्षार्थीको अनुरोधले आधा घण्टा ढिलो गरी जाँच दिन पायौं । पठाओमा फर्किएँ ।’

त्रिभुवन विश्वविद्यालयअन्तर्गत बुधबारदेखि एलएलबी दोस्रो वर्ष नियमिततर्फको परीक्षा सुरु भएको हो । उक्त तहका विभिन्न १३ विषयको परीक्षा फागुन ५ गतेसम्म चल्नेछ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार एलएलबीमा देशभरबाट १३ हजार परीक्षार्थी सहभागी छन् । त्रिविअन्तर्गत शुक्रबारदेखि स्नातकोत्तर वार्षिक प्रणाली (पुरानो कोर्स) को परीक्षा सुरु हुनेछ । एमए राजनीतिशास्त्र, एमपीए र एमएड्का गरी १६ हजार परीक्षार्थी रहेको नियन्त्रक जोशीले बताए ।

वीर अस्पतालमा फलाअ‍ेपका लागि म्हेपीबाट छोरीसहित पदैल आएकी ६५ वर्षीया चन्द्रमाया बस्‍नेत । तस्बिर ः अनिश रेग्मी र कान्तिपुर

आमहडतालका कारण बिहीबार काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द रहे । कोरोना महामारीका कारण यो वर्ष गत पुसबाट मात्र आंशिक रूपमा विद्यालय खुलेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का सहअध्यक्ष डीके ढुंगानाले कुनै विद्यालय नखुलेको बताए । ‘विद्यालय आंशिक रूपमा मात्र खुलाउन थालेका छौं,’ उनले भने, ‘शुक्रबार पनि उपत्यकामा आमसभा हुने सुनिएको छ । विद्यालय प्रभावित हुन सक्ने देखिन्छ ।’

नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आमहडतालले विद्यार्थी र शिक्षकलाई प्रभावित तुल्याएको बताए । ‘तर, कुनै अप्रिय दुर्घटना घटेको छैन,’ उनले भने । उपत्यकामा १ हजार ३ सयभन्दा बढी विद्यालय छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले आमहडतालले विद्यार्थीको पठनपाठन प्रभावित भएको बताए ।

बिरामीलाई सास्ती

आमहडतालका कारण अस्पताल जाने बिरामीले पनि सास्ती भोग्नुप¥यो । राजधानीका ठूला सरकारी अस्पतालको ओपीडीमा निकै कम बिरामी पुगे । दिनमा लगभग १ हजार ५ सय बिरामी पुग्ने वीर अस्पतालमा आधा जति बिरामी मात्रै आएको निर्देशक डा.केदारप्रसाद सेन्चुरीले बताए । ‘अस्पतालतर्फ कुनै सवारीसाधन आउन दिएनन्, म पनि हिँडेर आएँ,’ उनले भने, ‘ट्याक्सी चढेका बिरामी पनि सहिदगेटमै रोकेपछि अस्पताल आउन पाएनन् ।’

निर्देशक डा. सेन्चुरीले स्वास्थ्यकर्मी टाढाबाट आउनुपर्ने भएकाले आकस्मिक र शल्यक्रिया सेवामा समेत असर परेको बताए । दिनमा करिब १ हजार २ सय बिरामी पुग्ने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पनि बन्दको प्रभावमा प¥यो । सवारीसाधन नचलेकाले नयाँ बिरामी भर्ना हुन र पुराना बिरामी डिस्चार्ज भएर घर जान नपाएको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बताए । ‘नियमित सेवामा असर प¥यो तर पहिलेका बन्दमा जस्तो धेरै प्रभाव परेन,’ उनले भने, ‘घर जानैपर्ने बिरामीलाई अस्पतालकै एम्बुलेन्समा हालेर पठायौं ।’

घाइते, हाडजोर्नी र चोटपटक लागेका बिरामी पुग्ने राष्ट्रिय ट्रमा सेन्टरमा बन्दका कारण कर्मचारीलाई एम्बुलेन्समा ओसारपसार गर्नुपरेको थियो । यो अस्पतालमा दिनमा ३ सय हाराहारी बिरामी पुग्थे । बिहीबार भने यो संख्या आधा भयो । बेड पाउन मुस्किल हुने आकस्मिक कक्षमा पनि चाप थिएन । नयाँ बिरामी भर्ना लिन र पुराना बिरामी घर पठाउन अप्ठेरो परेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । घाइतेहरूको उपचारमा ढिलाइ गर्दा ज्यान जाने, जीवनभर अंगभंग हुनुपर्ने भएकाले बन्दका कारण उपचारमा प्रभाव पर्न नहुने उनले बताए ।

दिनमा एक हजार जनाले जाँच र उपचार गराउने पाटन अस्पतालमा बिहीबार वरपरका बिरामी मात्रै पुगे । ‘बन्दको दिन खाली हुन्छ भनेर अस्पताल नजिकका मानिस धेरै आए तर टाढाबाट कोही आएनन्,’ अस्पतालका निर्देशक डा.रवि शाक्यले भने, ‘बिरामी डिस्चार्ज हुन पाएनन् ।’ आफ्नै सवारीमा अस्पताल आउने स्वास्थ्यकर्मी र चिकित्सकलाई पनि बाटोमा आन्दोलनकारीले रोकेको उनले बताए । ‘कोरोनाले यसै पनि बिरामी घटेका थिए,’ डा शाक्यले भने, ‘बिस्तारै बिरामीको संख्या बढ्दै थियो, फेरि यस्तै अस्थिरताले अस्पतालको सेवामा असर पुग्ने भयो ।’

दिनमा ६ सय बिरामी पुग्ने बानेश्वरस्थित निजामती अस्पताल (सिभिल) मा पनि आधा बिरामी घटे । सवारीसाधन सञ्चालन सहज नहुँदा फोनमार्फत काटिएका टिकट पनि रद्द भएको अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले बताए । ‘स्वास्थ्यकर्मी र कर्मचारीलाई भने अस्पतालको गाडीमा ल्यायौं,’ उनले भने, ‘ओपीडी र आकस्मिक कक्ष सुनसान जस्तै भयो । यसको असर भोलि बिरामीको संख्या दोब्बर हुन्छ । त्यति बेला व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

दिनमा ५ सय बिरामी पुग्ने बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पनि बिहीबार अरू बेलाजस्तो चहलपहल देखिएन । टाढाका बिरामी र स्वास्थ्यकर्मी अस्पताल पुग्न नसकेको निर्देशक डा.चन्द्रमणि अधिकारीले बताए । ‘बाटैमा रोकिएपछि केही स्वास्थ्यकर्मी बिदामा बस्नुभयो,’ उनले भने, ‘बिरामी कम आएकाले जनशक्ति व्यवस्थापनमा भने खासै असर परेन ।’

 

 

(ekantipur.com बाट साभार)

 

 

सिफारिस

कन्चनपुर

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
9
मुख्य समाचार

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
मुख्य समाचार

एकै दिन ५ जनाको मृत्यु , २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टी !!

बैशाख ९, २०७८
24
अर्को

शनिबारसम्म पहिलो चरणको कोरोना विरूद्धको खोप लगाईने !

विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारीमा सरकार

कोरोना संक्रमण तीव्र रूपमा बढ्यो, बेड अभाव भएपछि भुइँमै उपचार !!

बैशाख १०, २०७८
7

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
9

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
6

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In