सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गरिब जनतालाई एक छाक टार्न गरिखान नदिने भए -गरिखान्छु भन्नेलाई बढी मार !

राजनीतिक उथलपुथलले अहिले सडकमा विभिन्न कार्यक्रम भइरहेका छन् । बिहीबार नेकपा दाहाल–नेपाल समूहले त देशव्यापी आमहडताल गर्यो ।

सोलुखुम्बु सोताङ–६ पावैकी ५१ वर्षीया लक्ष्मी राईलाई लागेको छ, बिस्तारै बौरिन थालेको व्यापारमा फेरि धक्का लाग्दै छ । उनी सल्लाघारी चोकस्थित सर्भिस ट्र्याक किनारामा तयारी कपडा व्यापार गर्छिन् ।

‘छोराछोरीसहित ५ जनाको परिवार यही सानो गाडाको घुम्ती पसलले धानेका थियौं, पहिले लकडाउनले ठप्प पारिदियो,’ घरमै थन्किएको गाडा देखाउँदै उनले भनिन्, ‘बल्ल केही व्यापार सुरु भएको थियो फेरि हडताल भन्छन्, गाडा निकाल्नै पाइएन ।

World Link Ads
Mahakali Polytechnic

’ कोरोना महामारीका कारण छोराछोरीको जागिर गुम्यो । आम्दानीको स्रोत फुटपाथ व्यापार रहेकामा बन्द, हडतालले यही पनि गर्न नपाएको उनले दुखेसो पोखिन् ।

‘सरकारी जागिरे भएको भए पो दिगो रोजगार हुन्थ्यो,’ उनले भनिन्, ‘छोराछोरीको जागिर गुम्यो, दिनहुँ हुने आन्दोलन, बन्द, हडतालले व्यापार धान्न कठिन छ, यी नेताले गरिबलाई गरिखान नदिने भए ।’

गाडामै चाबी, ताल्चा, ऐनालगायत सरसफाइको सामानको व्यापार गर्छन्, सर्लाही गोडैटा नगरपालिका–८ सिसौटियाका गान्धीदास धनिया ।

कोरोना संक्रमणको त्रास बिर्सिर्एर सडक किनारमा व्यापारमा होमिएकी उनलाई अब आन्दोलन र हडतालको त्रास छ ।

‘दिनभर कमाएर साँझ हातमुख जोड्नुपर्ने मान्छेलाई ९ महिना कोठामा थुनेर सास्ती दियो,’ धनियाले भने, ‘अब केही सहज होला कि भनेको फेरि बन्द, हडताल रे, उफ !’, धनियाले लामो सुस्केरा काढे ।

Sana Kishan

गाडा पसलको कमाइले ४ छोरा, ३ छोरीसहित ९ जनाको परिवार धान्नु छ उनलाई । कोरोना महामारी फैलिएपछि कमाइ नहुँदा कोठा भाडा तिर्न सकेनन् । त्यसपछि घर धनीले निकालिदिए । ‘त्यो ९ महिना कटाउन धौ–धौ प¥यो, दुःख–सुख गर्दै छाक त टा¥यौं,’ उनले भने, ‘व्यापारमा केही सहज हुन लाग्दा आन्दोलन, हडताल सुरु भयो भन्छन्, अब हामी कसरी टिक्ने ?’

गरिखान्छु भन्नेलाई बढी मार

गोंगबु बस्ने साथीकामा किताब लिन जनक सिंह र केशव क्षत्री बिहीबार बिहान ८ बजे कोटेश्वरदेखि गाडी चढे । चाबहिल पुगेपछि प्रदर्शनकारीले गाडी अघि बढ्न दिएनन् । सबै यात्रु ओरालिदिए । उनीहरू हिँडेरै गोंगबु पुगे । किताब लिएर फर्किंदै गर्दा दिउँसो साढे १ बजे माइतीघरमा भेटिएका उनीहरूले भने, ‘२०र३० रुपैयाँ तिरेर गाडी चढ्छु भन्दा नि पाइएन । अति नै दुःख पायौं आज ।’

 

बिहीबार गाडी नचलेपछि घर सफाइका लागि टेकुबाट शान्तिनगर धाउने तारा मगरले पैदलै ओहोरदोहोर गर्नुप¥यो । उनी काम गर्ने घरमा बिहान ६ घण्टा निरन्तर सरसफाइ गर्नुपर्छ । त्यसमाथि पाँच किलोमिटर दूरी ओहोरदोहोर गर्न तीन घण्टा हिँड्नुपर्यो । ‘बन्द गरेर हाम्रो चुलो बल्ने भए हामी पनि आनन्दले घरै बस्थ्यौं होला,’ उनले निराश हुँदै भनिन्, ‘कहिले बन्द भनेर दुःख दिएका छन्, कहिले नाराजुलुस गरेका छन् ।’

सार्वजनिक सवारी नचलेको मौका छोपेर ट्याक्सीले महँगो भाडा लिएको काँडाघारीकी एलिजा ठकुरीले बताइन् । उनी सात महिनाकी गर्भवती छिन् । दुई दिनयता अस्वस्थ भएपछि थापाथलीस्थित प्रसूतिगृह जाने क्रममा ट्याक्सीलाई हजार रुपैयाँ भाडा तिर्नुपरेको थियो । ‘अरू बेला पाँच सयमै आउँथे, आज बन्द भनेर एक हजार नदिई मानेन,’ प्रसूतिगृहमा पालो कुर्दै भेटिएकी ठकुरीले भनिन्, ‘के गर्ने, सास्ती खेप्नुपर्ने त हामी जनताले नै रहेछ ।’

बिहानै सामाखुसीमा ट्याक्सी जलाइएपछि आतंक मच्चिएको ट्याक्सी चालक मोहनप्रसाद कँडेलले बताए । बन्दले चहलपहल घटेपछि उनी वसन्तपुरमा यात्रु कुरेर बसिरहेका थिए । ‘देशको अस्थिर वातावरणले हामी गरिखान्छु भन्नेलाई दुःख भएको छ, कतिबेला जलाउला, थुन्ला भन्ने डरमा भित्रभित्रै मान्छे खोजिबसेको छु,’ उनले भने ।

क्षेत्रपाटी बस्ने कृष्ण परियार भने बेलुका कसरी छाक टार्ने भन्ने चिन्तामा देखिए । ‘खाने, बस्ने, परिवार पाल्ने यही रिक्सा हो, आज त मान्छे नै छैन,’ उनले भने । धादिङका उनी १२ वर्षदेखि क्षेत्रपाटी, ठमेल, वसन्तपुर, असन, न्युरोड, थापाथली क्षेत्रमा रिक्सा चलाएरै ७ जनाको परिवार धान्दै आएका छन् । ‘दिनभरको कमाइले साँझ–बिहानको छाक टार्नुपर्छ,’ उनले भने, ‘कमाइ नभए भोकै सुत्नुपर्छ ।’ कोरोनाका कारण लामो समय ठप्प रहेको रिक्सा व्यवसाय भरखर सञ्चालन हुन थालेको अवस्थामा बन्द, नारा, जुलुसजस्ता गतिविधिले समस्यामा पारेको महानगरीय पर्यटकीय स्वतन्त्र रिक्सा चालक संगठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले बताए । उनका अनुसार काठमाडौंमा ४ सय ७२ रिक्सा छन् भने रिक्सा चालक ७ भन्दा बढी छन् । ‘कोभिडपछि हामीलाई जीविका धान्न मुस्किल हुँदै आएको हो, बन्द हडतालले नेपाली पनि हिँडडुल नगर्ने भएपछि भइराखेको एक–दुई सय कमाइ नै नहुने भयो,’ उनले भने ।

बन्द, हडतालको प्रभावले फुटपाथ तथा ठेला व्यापारीलाई बढी असर पारेको नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष कुमार सापकोटा बताउँछन् । ‘कोरोनाले बिस्तारै तंग्रिँदै थियौं, स्वरोजगारउन्मुख हुँदै थियौं, फेरि मान्छेकै चहलपहल ठप्प गर्ने गरी नाराजुलुस, बन्द, हडताल हुन थालेका छन्,’ उनले भने, ‘गरिखान्छु भन्नेलाई नै बढी मार छ, हाम्रो पीडा कसले पो बुझ्ने र !’ उनका अनुसार देशभर १० लाख हाराहारी फुटपाथ तथा ठेला व्यापारी छन् । उपत्यकामा मात्रै ३० हजार छन् ।

 

(ekantipur.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.