सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा गरिब घरधुरी पहिचानका लागि तथ्यांक संकलन गरिने !

बैतडी- बैतडीमा पनि चालु आर्थिक बर्षमा गरिब घरधुरी पहिचानका लागि तथ्यांक संकलनको काम शुरु हुने भएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरधुरीका तथ्यांक संकलनका लागि जिल्लाका १० ओटै स्थानीय तहमा सशर्त अनुदान पठाईसकेको जिल्ला समन्वय समितिका खरीदार जगदीशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

प्रत्येक स्थानीय तहहरुले सुपरिवेक्षक र गणकहरुको छनौट गरेर तालिम सञ्चालन भईरहेको तिवारीले जानकारी दिनुभयो । सुपरिवेक्षक र गणकहरुका लागि जिल्ला समन्वय समितिले तालिम सञ्चालन गरिरहेको तिवारीले जानकारी दिनुभयो ।

तालिमपछि सुपरिवेक्षक र गणकहरु स्थानीय तहमै गएर तथ्यांक संकलनको काममा लाग्ने उहाँले जानकारी दिनुभयो । मन्त्रालयले सफ्टवेयर मार्फत तथ्यांक संकलन गर्ने र त्यसपछि तथ्यांकलाई बिश्लेषण गरिने तिवारीले जानकारी दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

स्थानीय तहहरुले पठाएको तथ्यांकलाई बिश्लेषण गरेर गरिब परिवारलाई परिचय पत्र वितरण गरिने बताइएको छ । चालु आर्थिक बर्षमा सुदूरपश्चिमका बैतडी र कञ्चनपुरमा यो कार्यक्रम लागु भएको छ ।

अन्य जिल्लाहरुमा गत बर्ष नै तथ्यांक संकलन गरिसकिएको जिल्ला समन्वय समिति बैतडीले जनाएको छ । सरकारले गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम अन्तर्गत तथ्यांक संकलन गरेर गरिब घरधुरीको पहिचान गर्न लागेको हो । गरिब घरधुरीको पहिचान गरेर उनीहरुका लागि लक्षित कार्यक्रम सञ्चालन गर्न सहज होस भन्ने उद्देश्य राखिएको जनाइएको छ ।

(ninglashainionline.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.