सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

चिया नास्ता पसलमा काम गरिरहेका माथि उम्लिइरहेको तातो तेल खन्याईयो: आमा-छोरी घाइते

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २३, २०७७
1 min read

विराटनगर : नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा प्रदेश १ को राजधानी विराटनगरमा चियानास्ता पसलमा काम गरिरहेका माथि उम्लिइरहेको तातो तेल खन्याइएको छ।

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
9

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
14

 

दाहाल–नेपाल समूहका नाममा घटाइएको क्रुरतापूर्ण घटनामा परेर दुई महिला घाइते भएका छन्। घाइतेहरु एउटै परिवारका आमाछोरी हुन्। हड्तालका क्रममा विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन्।

उमालेर सिङ्गडा (समोसा) पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी सामान्य घाइते भएका छन्। पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएको हो।

उम्लिइरहेको तेल खन्याइदिएपछि आमा–छोरीको शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन्। विराटनगर महानगरपालिका कार्यालयको गेट नै अगाडि रहेको चियानास्ता पसल किन बन्द नगरेको भन्दै निहुँ खोजेर आएको समूहले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लाट्ठी, मुक्का र लात्ताले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए। कुटपिटबाट सहनीको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

पूर्व मन्त्री एवं दाहाल–नेपाल समूहका नेता शिवकुमार मण्डलको नेतृत्वमा लाट्ठीसहित आन्दोलनकारीको समूह पसलमा पुगेर घटना गराएको प्रत्यक्षदर्शीले बताए। यस सम्बन्धी घटनाको भिडियो पनि सुरक्षित छ। त्यो समूहले पसलमासमेत तोडफोड गरिदिएको छ।

‘हामीलाई पनि खाजा खान पसल चाहिने भएकाले चियानास्ता बेच्ने ठाउँ बन्द गर्न हुँदैन भन्दै सुरुमा एउटा समूह आएर गयो’, प्रमोदले भने, ‘त्यसको केही बेर पछि हुलहुज्जत र होहल्ला गर्दै लाट्ठीसहित आएको आक्रोसित समूहले उम्लिइरहेको तातो तेल श्रीमती र छोरीको शरीरबाट खन्याइदिएर पसलमा तोडफोड गर्दै मलाई पनि आक्रमण ग¥यो।’

तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन्। पसलमा बनिसकेका खानेकुरा फ्यालिदिनुका साथै पसलका भाँडावर्तन पनि त्यो समूहले फ्याँक्ने र कुच्याउने काम गरिदिएको एक प्रत्यक्षदर्शीले बताए। त्यस्तै नास्ता बनाउन तयारी अवस्थामा राखिका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको छ।

भीड थप अराजक बन्दै गएपछि सहनी परिवारका सदस्यले पनि डाडु र पन्यूले तोडफोड र आक्रमणमा उत्रिएकालाई प्रहार गरेका थिए। घटनामा संलग्नलाई कारबाहीको माग गर्दै पसल सञ्चालक सहनी प्रहरी कार्यालयमा पुगेका छन्। ‘कोही कसैलाई पनि असर नपुर्याइकन चिया बेचेर बसेको म माथि आन्दोलनका नाममा किन यति ठूलो अत्याचार गरिएको हो ?’, प्रमोदले प्रश्न गर्दै भने, ‘घटनामा संलग्नलाई जसरी भए पनि कारबाही हुनु पर्छ।’ सर्वसाधारणले निर्वाध रुपमा आफ्नो काम पनि गरेर खान पाउने अवस्था नबन्नु दुःखद् भएको उनको गुनासो छ।

सर्वसाधारणमाथि तातो तेल खन्याएर उण्डदता प्रस्तुत गरेको भीडको नेतृत्व गरेका पूर्व मन्त्री मण्डलले भने यस विषयमा आफूले केही नबोल्ने बताए। तर भीड उत्तेजित भएर तोडफोडमा उत्रन थालेपछि उनले छुट्याउने काम गर्दै आफ्ना कार्यकर्तालाई संयमित बनाउने प्रयास भने गरेका थिए। उनको प्रयास सफल भने हुन सकेन। आफूहरुको शान्तिपूर्ण आन्दोलनमा कुनै तत्वले घुसपैठ गरेको हुनसक्ने मण्डलको आशय थियो।

घटनाका विषयमा चाल पाएको प्रहरीले त्यसमा संलग्नलाई कारबाही अघि बढाउनका लागि घटनास्थल परपर रहेका सिसी टिभीको फुटेज अध्ययन गर्न थालेको छ। घटनाका सम्बन्धमा केही सर्वसाधारणले खिचिको भिडियोमार्फत पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याइने जानकारी दिए।

 

(किशोर बुढाथोकीले annapurnapost.com मा लेखेका छन्।)

सिफारिस

मुख्य समाचार

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
9
मुख्य समाचार

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
14
मुख्य समाचार

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
8
मुख्य समाचार

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
29
मुख्य समाचार

नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई फर्काइयो

बैशाख ९, २०७८
23
मुख्य समाचार

भारतमा कोरोनाको संक्रमण उच्च, अस्पतालमा अक्सिजनको अभाव

बैशाख ९, २०७८
7
अर्को

नेपालीले बन्दको सास्ती झेल्नु नपरेको लामो समय पछि : फेरि बन्दको सास्ती !

बैतडी जिल्लामा गरिब घरधुरी पहिचानका लागि तथ्यांक संकलन गरिने !

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
9

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
13

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
14
अनलाइनखबर

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
11

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
8

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
29
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In