बैतडी- बैतडीको सिगास गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृतलाई हाजिर भएको हप्तादिन नपुग्दै सरुवाको पत्र आएको छ । १२ गते पालिकामा हाजिर भएका अधिकृत कबिन्द्र ओझालाई समान्य मन्त्रालयबाट १६ गते सरुवाको पत्र आएको हो । १३ गते नै सरुवा गर्ने निर्णय भएको पाइएको छ । गाउपालिका अध्यक्ष हरीस सिह धामीका अनुसार १३ गतेको निर्णय भन्दै १६ गतेको मितिमा पत्र काटेर सरुवाको पत्र पालिकामा आएको हो ।
“१२ गते प्रमुख प्रसासकिय अधिकृत हाजिर हुनुभएको हो, १३ गते मन्त्रालयको बैठकले सरुवा गर्ने निर्णय गरेको रहेछ, अध्यक्ष धामीले भन्नुभयो, हामिलाई १६ गतेको मितिमा पत्र काटिएको छ ।”
यसरी प्रसासकिय अधिकृतले काम सुरु गरीरहकै बखतमा यति छोटो समयमै सरुवा गरीदा सेवा प्रभावहमा समस्या भएको पालिकाले छ ।
“अधिकृत ओझाकै नाममा खाता सञ्चालन भइसकेको थियो, अब निमित्त पनि कस्लाई राख्ने भन्ने अन्योल छ ।, अध्यक्ष धामीले अघि भन्नुभयो, अब कार्यपालिकाको बैठकबाट निमित्त तोक्नको लागि मन्त्रालयलाई पत्र लेख्ने योजना बनाएका छौ ।”
ओझालाई कञ्चनपुरको पुनरबास सरुवा गरिएको छ ।
(radio7star.org बाट साभार)