सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा काङग्रेसका शुभेच्छुक संस्थाहरुले बिरोध प्रर्दशन गर्ने !

बैतडी- माघ २२, नेपाली काङग्रेसका बिभिन्न शुभेच्छुक संस्थाहरुले संसद बिघटनका बिरुद्ध बैतडीमा बिरोध प्रर्दशन गर्ने भएका छन । नेपाली काङग्रेसको केन्द्रिय कार्यक्रम अनुसार बिभिन्न पेशाकर्मी तथा श्रमजीबीहरुको छाता संगठन नेपाल टे«ड युनियन काङग्रेस सम्बद्ध नेपाल शिक्षक सघं, नेपाल प्रेस युनियन र नेपाल सांस्कृतिक सघं लगायतका शुभेच्छुक संस्थाहरुले बिरोध प्रर्दशन गर्ने नेपाल टे«ड युनियन काङग्रेस बैतडीका अध्यक्ष बशन्त बिष्टले जानकारी दिनुभएको छ ।

“ प्रतिनिधि सभा पुर्नबहाली गर्, संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद, बर्तमान सरकारको उपचार–महंगी, कुशासन र भ्रष्टाचार” लगायतका नाराहरु लेखिएका प्ले कार्डहरु बोकेर कालो पट्टी सहित बिरोध प्रर्दशन हुने बताईएको छ । नेपाली काङग्रेस बैतडीको पार्टी कार्यलय गोठलापनी देखि बिरोध जुलुस निकालिने नेपाल टे«ड युनियन काङग्रेस बैतडीले जानकारी दिएको छ।

Sana Kishan

सरकारको असंबैधानिक र अलोकत्रान्तिक कदमका बिरुद्ध नेपाली काङग्रेसले बिभिन्न बिरोधका कार्यक्रमहरु गर्दै आएको छ । यस अघि पनी सदरमुकाम गोठलापानीमा नेपाली काङग्रेसका बिभिन्न भातृ संस्थाहरुले माघ १९ गते संसद बिघटनका बिरुद्ध बिरोध प्रर्दशन गरेका थिए ।

World Link Ads
Mahakali Polytechnic

(रेडियो बैतडी बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.