सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

बैतडी-२२ माघ,   बैतडीमा हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरि फालिएको अवस्थामा लवलेक जंगलमा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो ।

किशोरीको शव फेला परेको जानकारी आईसकेपछि घटनास्थलमा प्रहरीको टोली खटाएको र आँफै अनुसन्धानका लागि घटनास्थल तर्फ जान लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । किशोरीको कसले किन हत्या गरेको हो भन्ने बिषयमा अहिले यकिन नभएको उहाँले बताउनुभयो । घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुर समेत मगाईसकेको उहाँले बताउनुभयो ।

World Link Ads
Health Notice Kanchanpur
Sana Kishan

भट्टको बलात्कारपछि हत्या गरिएको मृतकका आफन्तले आशंका गरेका छन् । भट्टको शव विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो

(भगीरथ अवस्थीले ninglashainionline.com मा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.