सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्रबारको दिन यसरी बस्नुहोस् , सन्तोषी माताको ब्रत ? मिल्नेछ लाभ !!

धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् ।साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।

यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् । माताको ब्रत भौतिक सुख प्राप्तिको लागि बस्ने गरिन्छ ।

सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।सुख–सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बसेपछि सन्तोषीमाताको ब्रत पूरा हुन्छ । सन्तोषी मातालाई धनकी देवी लक्ष्मीको अवतारका रुपमा समेत लिइन्छ ।

World Link Ads
Mahakali Polytechnic

पूजा विधिका लागि आवश्यक सामग्रीः सन्तोषी माताको तस्वीर, कलश, पानको पात, फूल, प्रसादका रुपमा चना तथा गुड, आरतीका लागि कपूर, अगरबत्ती, दीपक, हल्दी, कुमकुम, कलश स्थापनाका लागि नरिवल, पहेलो अक्षता ।

यी सामग्रीहरु तयारी पारेपछि सूर्यदय हुनुपूर्व नै उठेर घरलाई सरसफाई गर्नुस् । नुवाई धुवाई गरेर पूजा प्रारम्भ गर्नुपर्छ ।सवैभन्दा पहिले घरको पवित्र स्थानमा सन्तोषीमाताको तस्वीर, मूर्ति, प्रतिमा राख्नुस् । उक्त तस्वीर नजिकै एक सफा भाँडोमा पानी भरेर त्यसमा चना र गुड राख्नुपर्छ ।

प्रतिमाको नजिक कलस राखी गाईको घ्यूको दियो, अगरबत्ती बाल्नुहोस् । पूजा सामग्रीहरु फूल, पानको पात, पहेलो अक्षता, कुमकुम, नरिवललगायत प्रतिमाको वरिपरि राख्नुस् ।त्यसपछि सन्तोषीमाताको कथा वाचन गर्नुस् । पूजा सम्पन्न गरिसकेपछि अन्य भक्तजनहरुलाई उक्त गुड र चना प्रसादका रुपमा बाड्नुस् ।

घरलाई पवित्र बनाउन उक्त भाँडोमा भएको पानी घरका कुना कुनामा छर्नुस् ।हरेक शुक्रबार (१६ शुक्रबार) सम्म यही विधि अपनाउनुपर्छ ।जुन दिन व्रतको समापन गरिन्छ त्यो दिन ८ जना बच्चालाई खीर र पुरीको भोजन गराउनुपर्छ ।यसका साथै ती बालबालिका हरुलाई दक्षिणका साथ केरालाई प्रसादका रुपमाा ग्रहण गराउनुपर्छ ।सन्तोषी माताको व्रत बस्ने व्रतालुले अमिलो फलफू, सागसब्जी सेवन गर्नुहुँदैन ।

यो पनि पढ्नुहोस् :

कुन राशिका मानिसले के मन्त्र जप्दा हुन्छ धन प्राप्ति ? मिल्दछ यस्तो लाभ !!!ःहरेक व्यक्तिले सुखी जीवनका लागि धन प्राप्ति गर्न मेहनत गरिरहेको हुन्छ । अहिलेको समयमा त धन अर्थात पैसा एक आधारभूत आवश्यकता नै बनिसकेको छ ।त्यसैले हिन्दी भाषामा एक भनाइ पनि छ – ‘बाप बडा ना भैया, सबसे बडा रुपैयाँ !’तपाईंको गोजीमा पैसा नहोस्, बैंक खातामा पनि रकम नहोस्, सोच्नुस् त ! तपाईंको हालत के हुन्छ ? पैसा बिनाको जीवन कुनै पनि मानिसले कल्पना गर्न चाहँदैन ।

त्यसैले यसलाई प्राप्त गर्नका लागि केही मानिसहरुले थुप्रै प्रकारका जादु–टुनासमेत सिक्ने गरेका छन् । तर तपाईंलाई थाहा छ ? हिन्दूधर्म शास्त्रमा पनि धन प्राप्तिका लागि उपायहरु उल्लेख गरिएका छन् ।

हरेक मान्छेको एक चन्द्र राशी हुन्छ । र, हरेक चन्द्र राशीको एक स्वामी ग्रह हुन्छ । त्यस्तै हरेक ग्रहको एक इष्टदेव पनि हुन्छ । यदि हामीले आफ्नो इष्टदेवलाई प्रसन्न ग¥यौँ भने व्यापारिक तथा वित्तिय समस्या अन्त्य हुन सक्छ ।आउनुहोस्, आफ्नो राशीअनुसारको इष्टदेव र उनलाई प्रसन्न गर्ने मन्त्रबारे जानकारी राखौँ । जसले तपाईंको जीवनमा धन सम्बन्धी समस्याको अन्त्य होस् ।

मेषःमेष राशीको स्वामी मंगल ग्रह हो । जीवनमा आउने हरेक समस्या समाधानका लागि भगवान हनुमान जीको आराधना गर्ने हो भने तपाईंको लागि सहयोगी हुनेछ ।मन्त्रः ‘ऊँ हनुमते नमः’ यो मन्त्र दैनिक गरेको खण्डमा आर्थिक तथा वित्तिय क्षेत्रमा तपाईंले लाभ प्राप्त गर्नु सक्नु हुनेछ ।

Sana Kishan

वृषःवृष राशीको स्वामी शुक्र ग्रहलाई मानिन्छ । वृष जातको धन सम्बन्धी सबै समस्या समाधानका लागि माता दुर्गाको पूजा गरेमा लाभदायक हुनेछ ।मन्त्रः ‘ऊँ दुर्गादेव्ये नमः’ यो मन्त्र जाप गरेमा वित्तिय समस्या अन्त्य भएर जानेछ ।

मिथुनःमिथुन राशीको स्वामी ग्रह बुध हो । मिथुन राशी भएकाहरुले भगवान गणेशको पूजाआराधना गरेमा प्रसिद्धी प्राप्त गर्ने छन् ।मन्त्रः ‘ऊँ गं गणपते नमः’ यो मन्त्र जाप गरेमा नोकरी तथा व्यवसायमा आएका समस्या दूर भएर जानेछन् ।

कर्कटःचन्द्र ग्रह कर्कट राशीको स्वामी हो । ज्योतिषअनुसार चन्द्रमामा भगवान शिवको राज रहेको हुन्छ । त्यसैले कर्कट राशी भएकाले धन सम्बन्धी लाभ प्राप्त गर्न भगवान शिवको पूजा गर्नुपर्दछ ।मन्त्रः ‘ऊँ नमः शिवायः’ यो मन्त्र दैनिक जाप गरे फल प्राप्त हुनेछ ।

सिंहःसिंह राशीको स्वामी ग्रह सूर्य हो । सिंह राशी भएकाले भगवान सूर्यको पूजा गर्ने तथा हरेक बिहान सूर्यलाई अर्ग चढाएमा उर्जा प्राप्त हुनेछ ।मन्त्रः ‘ऊँ सूर्याय नमः’ यो मन्त्र जाप गरे लाभ मिल्नेछ ।

कन्याःकन्या राशीको स्वामी बुध ग्रहलाई मानिन्छ । यस राशी भएकाले भगवान गणेशको पूजा गरेमा शीघ्र धन लाभ प्राप्त गर्नेछन् ।मन्त्रः ‘ऊँ गं गणपते नमः’ यो मन्त्र दैनिक बिहान बेलुका जाप गरेमा लाभ प्राप्त हुनेछ ।

तुलाःतुला राशीको स्वामी शुक्र ग्रह हो । तुला राशी भएकाले देवी लक्ष्मीको पूजा गर्नुपर्दछ । लक्ष्मी त्यसै पनि धनकी देवी भएकाले देवी लक्ष्मीलाई प्रसन्न गरेको खण्डमा धन सम्बन्धी समस्याको समाधान हुनेछ ।मन्त्रः ‘ऊँ महा लक्ष्म्यै नमः’ यो मन्त्रको जाप गरेमा लक्ष्मीको वृद्धि हुने विश्वास छ ।

वृक्षिकःवृक्षिक राशीको स्वामी ग्रह मंगललाई मानिन्छ । वृक्षिक राशी भएकाले भगवान हनुमानको पूजा गरे लाभ प्राप्त गर्नेछन् ।मन्त्रः ‘ऊँ हं हनुमते नमः’ यो मन्त्र जाप गरे शारीरिक पीडा तथा धन सम्बन्धीको पीडा अन्त्य भएर जाने मानिन्छ ।

धनुःधनु राशीले बृहस्पति ग्रहसँग सम्बन्ध राख्छ । धनु राशी भएकाहरुका लागि भगवान विष्णुको पूजाआजा शुभ हुनेछ ।मन्त्रः ‘ऊँ श्री विष्णवे नमः’ यो मन्त्रको दैनिक जाप गरेमा व्यवसायमा लाभ प्राप्त हुनेछ ।

मकरःमकर राशीको स्वामी शनि ग्रहलाई मानिन्छ । शनि वा हनुमानको पूजा गरेमा मकर राशी भएकाले लाभ प्राप्त गर्नेछन् ।मन्त्रः ‘ऊँ शम् शनिश्चराये नमः’ यो मन्त्र जाप गरेमा बाधाअड्चन हट्ने र सुख–शान्ति मिल्नेछ ।

कुम्भःकुम्भ राशीको स्वामी ग्रह पनि शनि नै हो । शनिको गुरु भगवान शंकरलाई मानिन्छ । त्यसैले यस राशी भएकाले शनिका साथै भगवान शंकरको पनि पूजा गर्न आवश्यक छ ।मन्त्रः ‘ऊँ महामृत्यंजय नमः’ यो मन्त्र हरेक दिन बिहान र बेलुका १०८ पटक जाप गरेमा सबै प्रकारको दुःख हट्ने छ ।

मीनःमीन राशीको स्वामी बृहस्पतिलाई मानिन्छ । यो राशी भएकाले भगवान नारायणको ध्यान तथा मन्त्र जप गरेमा धनसम्बन्धी समस्या हटेर जानेछ ।मन्त्रः ‘ऊँ नारायण नमः एवं ऊँ गुरुवे नमः’ यी दुई मन्त्रको जाप गरेमा शुभ फल मिल्ने छ ।

 

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.