सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रचण्ड–नेपाल समूहले १५ सवारीमा तोडफोड,ट्याक्सीमा आगजनी, प्रहरीद्धारा २७ राउण्ड हवाई फायर : १५७ कार्यकर्ता पक्राउ!

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्तालले देशभरको जनजीवन प्रभावित भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको बन्द उलंघन गर्ने १५ वटा सवारी साधनमा तोडफोड भएको छ भने एउटा ट्याक्सी जलाइएको छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारी सडकमा ‘बन्द सफल पारौं’ भन्दै प्रदर्शनमा उत्रिएका थिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रदर्शनकारीले राजधानीको गोंगबुमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् । चालक कुम्भनारायण श्रेष्ठलाई सामाखुसी जाउँ भनेर भित्र छिर्ने बित्तिकै दुई जनाले पेट्रोल छर्केर आगजनी गरेका थिए ।

(annapurnapost.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.