सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टन्सिल भएर परेसान हुनुहुन्छ ? घरमै गर्न सकिन्छ उपचार !

गलामा टन्सिल हुने समस्या धेरै मानिसमा देखिन्छ । टन्सिल हुँदा गलाको दुवैतर्फ मासुमा गाँठो बन्छ । यसले गर्दा गला सुन्निने, बेस्सरी दुख्ने अनि बोल्ने समस्या हुन्छ । अनि खानाको स्वाद पनि आउँदैन ।सं क्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण टन्सिल हुन्छ अनि कब्जियतले पनि टन्सिल गराउँछ । घरेलु उपायले टन्सिल निको पार्न सकिन्छ ।

चिसो बढ्दै गएको छ । जाडोयाममा अधिकांशको एउटै समस्या हुन्छ टन्सिलले सताउनु । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ ।असहज अवस्थामा एन्टिबायोटिक लिनु ठिकै होला । तर, संभव भएसम्म यस्तो औषधी सेवन गर्नु हुँदैन । किनभने, यसले एउटा रोगलाई निको बनाउँछ, तर अर्को अंगलाई भने अतिरिक्त भार दिइरहेको हुन्छ । त्यसैले सकेसम्म प्राकृतिक विधीबाटै यसको उपचार खोज्नुपर्छ ।

यसरी घरमै गर्न सकिन्छ टन्सिलको उपचार(मनतातो तरल पदार्थ पिउने(सुपहरु बनाएर पिउने(हरेक ३ घन्टामा तातोपानीमा नुन हालेर कुल्ला गर्ने । बेसार पानीमा थोरै जिरा राखेर मनताते बनाएर पीउने(हर्बल चिया पिउने(कफि, जाँडरक्सीको प्रयोगबाट टाढा रहने(मनतातो पानीमा दालचिनी मिलाएर पानी पिउने ।(अदुवा र मह हालेर चिया पिउने ।(चिसोमा हिँडडुल नगर्ने ।(निको नभएमा एन्टिबायोटिक औषधि प्रयोग गर्ने

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

(एक महिनामा ३ पटकसम्म टन्सिल हुन थालेमा शल्यक्रिया गर्न चिकित्सकसँग सुझाउँछन् । तर यो समस्या दोहोरीरहेको खण्डमा अनुभवी चिकित्सकसँग सल्लाह गरी राम्रोसाग जँचाएर मात्रै औषधी सेवन गर्ने ।

Dirghayu Ads

यी चीज बार्नुस.टन्सिलको समस्या हुँदा अमिलो, पीरो र चिसो कुरा खानुहुँदैन । यस्ता कुरा खाँदा समस्या झन् बढ्छ । अनि भोजनमा तेल मसला धेर नहाल्नुस् ।भुइँकटहर, केरा, सुन्तला, आरुबखडा, खरबुजा, मेवा र स्याउ जस्ता फल नखानुस् । भोजन गरेपछि सधैं दुईतीनवटा तुलसीका पातलाई सफा गरेर चपाउनुस् ।

 

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.