सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिव्य धाम असीमी केदारको दर्शन गरी हेर्नुहोस् , मिती २०७७ माघ २२ गते बिहीवारको राशिफल !

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

बृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाईभाई वा मित्रबाट विशेष सहयोग पनि मिल्न सक्छ ।

मिथुन-का, कि, कु, घ, ङ, छ, के, को, हा० एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

World Link Ads
Mahakali Polytechnic

कर्कट-स्कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावस्यक खर्चबाट बच्न सकिन्छ ।

Dirghayu Ads

सिंह-मा, मि, मु, मे, मो, टा, टि, टु, टे० ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

कन्या-टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

तुला-रा, रि, रु, रे, रो, ता, ति, तु, ते० आज वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

Sana Kishan

बृश्चिक-तो, ना, नि, नु, ने, नो, या, यि, यु० आज सरुवा र बडुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन हातलागी हुनसक्छ ।

धनु-ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन पनि सकिनेछ ।

मकर-भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० आज अकस्मात् सफलता पाईन सक्छ, तर अपमानको सम्भावना पनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

कुम्भ-गु, गे, गो, सा, सि, सु, से, सो, दा० आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । शत्रुपक्ष हावी हुन सक्नेछन् ।

मीन-दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० आज कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

 

 

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.