सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

जाडो मौसममा यी खानेकुरा खानुहोस् , जुन स्वास्थ्यको लागि अत्यन्त लाभदायक छन्!!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २१, २०७७
1 min read

केही खानेकरा जाडो मौसममा खानु स्वादको लागि मात्र नभई स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ। यी खानेकुरा खाली पेटमा खाँदा धेरै फाइदाहरू हुन्छन्।

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

बिहान खाली पेटमा यी खानेकुरा खाँदा अद्भूत स्वास्थ्य लाभहरू हुनसक्छ। सबैलाई थाहा छ कि हामीले बिहानको खाजामा पौष्टिक र प्रोटीनयुक्त चीज खानु पर्छ। जाडोमा स्वस्थ रहन र धेरै रोगहरुबाट बच्नको लागि खानाको महत्वपूर्ण भूमिका रहन्छ ।

धेरै मानिसहरु जाडो मौसममा न्यानो चीजहरू खाँदा रमाउँछन्। चिसो मौसममा जहिले पनि तातो खाना खान्छन् । यस मौसममा फ्राइड चीजहरूको उपभोग पनि बढ्छ। जसको कारण पेटमा धेरै समस्याहरू हुन सक्छन्।

तेलमा फ्राई गरिएका खाना खानाले तौल बढाउँछ । जाडो मौसममा स्वस्थ रहन र तौल घटाउन, तपाईं आफ्नो आहारमा केही स्वस्थ खाना समावेश गर्न सक्नुहुन्छ। ती खानेकुराहरु यस्ता छन् ः

भिजेको बदामःजाडो मौसममा खाली पेटमा बदाम खानु स्वास्थ्यको लागि लाभदायक मानिन्छ। बदाममा मैंगनीज, भिटामिन ई, प्रोटीन, फाइबर, ओमेगा–३ र ओमेगा–६ फ्याट्टी एसिड पाइन्छ। जुन स्वास्थ्यका लागि अत्यन्त प्रभावकारी मानिन्छ।

भिजेको ओखरःओखर स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ। यसले स्मरणशक्ति बढाउन पनि मद्दत गर्दछ। बदाम जस्तै ओखर भिजाउनु फाइदाजनक हुन सक्छ। बिहान खाली पेटमा भिजिएको ओखर खाने गर्नाले शरीरलाई धेरै फाइदा हुन्छ।

जौःखाली पेटमा जौँको खाना खानाले शरीरमा उर्जा राख्छ। हिउँदको मौसममा जौ भन्दा राम्रो नास्ता अरू केहि बनाउन सक्दैन। जौँ मा क्यालोरी कम र पौष्टिक गुण उच्च हुन्छ। जसले तपाईंको तौल नियन्त्रण गर्न पनि मद्दत गर्दछ।

मेवाःमेवा खानु तौल घटाउन र पेटको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । बिहान खाली पेटमा मेवा खाँदा धेरै समस्याबाट बच्न सकिन्छ। तर जो मानिसलाई मेवा खाँदा एलर्जी हुन्छ उनीहरुलाई मेवा खानुहुँदैन ।

महःजाडो मौसममा, बिहान मनतातो पानीमा मह राखेर खाँदा स्वास्थ्यमा धेरै फाइदा हुन्छ। महलाई औषधीय गुणहरू सम्पन्न मानिन्छ । खनिज, भिटामिन, फ्लाभोनोइड र एन्जाइमहरू महमा प्रशस्त पाइन्छन्। जसले तपाईंको तौल घटाउन पनि मद्दत गर्दछ।यो सल्लाह योग्य चिकित्सा रायको विकल्प होईन। अधिक जानकारीको लागि सँधै विशेषज्ञ वा तपाईंको चिकित्सकको सल्लाह लिनुहोस्।

यो पनि पढ्नुहोस् :

अल्छीपना हटाउन अपनाउनुहोस् यी ५ उपाय !!ःधेरैचोटि हामी कुनै काम तत्काल नगरेर पछिका लागि टारिदिन्छौं अनि बिस्तारै यो हाम्रो बानी बन्दै जान्छ । यसले हामीलाई अल्छे बनाउँछ ।

अल्छी मान्छेले जीवनमा कहिल्यै सफलता पाउँदैन । यस्तो मानिस निराशावादी हुन्छ । यहाँ हामी केही उपाय बताउँछौं जसलाई अपनाउँदा तपाईंले आलस्य हटाउन सक्नुहुन्छ

१) बिस्तारै हिँड्ने बानी ःबिहान उठेर भ्रमण गर्नु स्वास्थ्यका लागि आवश्यक कुरा हो । दौडिन अल्छी लाग्छ भने शुरुमा बिस्तारै हिँड्नुस् । दश मिनेट मात्र हिँडे पुग्छ । यसो गर्दा तपाईंको क्षमता बढ्छ र आलस्य भाग्छ ।

२) ससाना ब्रेक ःलामो समयसम्म बसेर गर्ने काम छ भने केही समयको अन्तरालमा छोटाछोटा ब्रेक लिनुस् । उदाहरणका लागि ४५ मिनेटपछि पाँच मिनेट जतिको ब्रेक लिनुस् । यसबीचमा अलिकति टहल्नुस् । लगातार काम गर्दा थाकेर अल्छी लाग्छ ।

३) कामका बेलामा मोबाइल साइलेन्टसआजकल मानिसहरू सामाजिक सञ्जालमा झुण्डिएर दिन बिताउँछन् । कामको समयमा पनि उनीहरू मोबाइलमा घरिघरि हेरिबस्छन् । यसो गर्दा काममा बाधा पुग्छ । काम गर्दा मोबाइलमा सामाजिक सञ्जाल बन्द गर्नुस् । ध्यान बाँडिदा पनि थकाइ लाग्छ ।

४) प्रेरक व्यक्तिसँग समय बिताउनेःअल्छी लागेर दिमागमा नकारात्मक कुरा आएका बेलामा आफ्ना साथीहरूसँग समय बिताउनुस् । केही सिक्न पाइने र तपाईंलाई प्रेरणा मिल्ने मानिसको संगतमा समय बिताउनुस् । ५) आफैंलाई मजबुत बनाउनुस्ःअल्छीपना हटाउनका लागि अर्काले प्रेरित गरेर पुग्दैन । तपाईं आफैंले आफूलाई प्रेरित गर्नुपर्छ र मजबुत बनाउनुपर्छ ।

यो पनि पढ्नुहोस् ःसवारी चालक अनुमतिपत्र लिन ६( ७ महिना कुर्नुपर्ने, लिखितमा ८० अङ्क ल्याउनुपर्ने प्रावधान !!ःसवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउन सर्वसाधारणले लामो समय प्रतीक्षा गर्नुपर्ने देखिएको अधिकारीहरूले जनाएका छन्। को’रोना भाइरस महामारीका कारण १० महिना जति चालक अनुमति पत्र दिने प्रक्रिया रोकिएको थियो। त्यो खुला भएपछि लाइसेन्सका लागि करिब साढे दुई लाख सर्वसाधारणले आवेदन दिइसकेका छन्।

त्यसैकारण वैशाख सम्मका लागि परीक्षा दिने मिति सकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए। “अझ कतिपय कार्यालयहरूमा त जेठ महिनाको अन्त्य सम्मको मिति सकिएको अवस्था छ,” उनले भने । हाल देशैभर करिब ७ देखि ८ लाख जना सवारी चालक अनुमतिको प्रतीक्षामा रहेको उनले बताए।

“हाम्रोबाट मासिक करिब ७०,५०० सवारी चालक अनुमति पत्र जाने गरेको छ। त्यसलाई आधार बनाउँदा करिब ७ देखि ८ लाख सर्वसाधारण प्रतीक्षामा छन् भनिएको हो,” उनले भने। “त्यसमध्ये दुई लाख भन्दा बढीले फारम भरिसकेको अवस्था छ। मलाई लाग्छ अहिले भर्नेहरूले ६ – ७ महिनापछि पालो पाउनुहुन्छ होला।”

काठमाण्डू, बुटवल, वीरगञ्ज लगायतका प्रमुख सहरहरूमा अत्यधिक चाप रहेको अधिकारीहरू बताउँछन्। हाल विभाग सङ्घ अन्तर्गत रहेको र यातायात कार्यालयहरू प्रदेश सरकार अन्तर्गत रहेकाले पनि उक्त कार्य चाँडो हुने गरी अघि बढाउन कठिनाइ भइरहेको विभागको भनाइ छ। चाप बढी भएकै कारण विभागले यातायात कार्यालयहरूलाई दुई सत्रमा काम गर्न भनेको हमाल बताउँछन्।न

याँ व्यवस्था प्रस्तावित ः यसैबीच सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि नयाँ व्यवस्था ल्याउने तयारी थालेको बताइएको छ । हाल विद्यमान विभिन्न स’मस्याहरूको समाधान गर्नका लागि भन्दै प्रयोगात्मक परीक्षामा ६० अङ्क ल्याए अनुमति पत्र प्राप्त गर्ने प्रावधान सहितको परीक्षा मापदण्ड तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिसकिएको हमाल बताउँछन् ।

मन्त्रालय स्तरीय निर्णय भएपछि यो मापदण्ड लागु गर्न दुईदेखि तीन महिना लाग्ला,” उनले भने। विभिन्न देशहरूका व्यवस्था हेरी हालको मापदण्डलाई थप वैज्ञानिक बनाउने उद्देश्यका साथ प्रक्रिया अघि बढाइएको बताइएको छ। मापदण्ड के हो? के होइन ? नयाँ व्यवस्थामा मापदण्ड नयाँ नहुने हमाल बताउँछन्। पुरानै मापदण्डहरूमा अङ्क दिने विभागको भनाइ छ । हाल सबै मापदण्ड अनिवार्य पास गर्नुपर्ने व्यवस्था छ ।

नयाँमा भने प्रत्येक मापदण्डमा अङ्क राख्ने र परीक्षार्थीले उत्तीर्ण गरेका मापदण्डको अङ्क जोड्दा कुल १०० मा ६० अङ्क ल्याउनुपर्ने व्यवस्था प्रस्तावित गरिएको बताइएको छ। “त्यस कारण परीक्षामा सहभागी सबै उत्तीर्ण हुन्छन् भन्ने होइन।

यसलाई थोरै सहज बनाइएको मात्रै हो,” हमालले भने । “विश्वका जुन सुकै देशमा ठूलो र सानो गल्ती हेरिन्छ र यत्तिसम्म भयो भने अनुमति दिने भन्ने हुन्छ । हाम्रोमा चाहिँ कुनै पनि गल्ती हुनै नहुने अवस्था छ। नयाँ व्यवस्थाले जान्दै नजान्ने व्यक्तिले अनुमति प्राप्त गर्छ भन्ने होइन।” उकालो ओरालो जस्ता अत्यावश्यक मापदण्डमा कुनै पनि किसिमको परिवर्तन नहुने तर सामान्य घेरा छोएको जस्ता विषयमा भने अङ्क दिने योजना विभागको छ।

हाल प्रयोगात्मक परीक्षाको सबै मापदण्ड पूरा गरे पनि अन्तिममा एउटा घेरा छोएकै आधारमा अनुत्तीर्ण हुने अवस्था छ। तर नयाँ मापदण्ड कार्यान्वयनमा आए एकपटक त्यस्तो घेरा छोए ५ अङ्क काटिने, दुई पटक छोए १० अङ्क काटिने र तेस्रो पटक छोए अनुत्तीर्ण हुने जस्ता प्रावधान समावेश हुने बताइएको छ।

लिखितमा ८० अङ्क चाहिने ः विभागका अनुसार सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि हुने परीक्षामा नेपाल विश्वमै कम उत्तीर्ण दर भएको देशमा पर्छ। पहिलो पटकको प्रयासमा नेपालमा जम्मा २५ देखि ३० प्रतिशत मात्रै उत्तीर्ण हुने गरेको अधिकारीहरू बताउँछन्।

त्यस्तो प्रतिशत अन्य देशहरूमा ७० प्रतिशतसम्म रहेको उनीहरूको भनाइ छ। मापदण्ड धेरै कडा बनाउँदा चार(पाँच वर्ष सडकमै सवारी हाँकेका मानिसहरू समेत अनुत्तीर्ण हुने अवस्था देखिएको विभागले जनाएको छ। “त्यसकारण प्रश्न कडा गर्नेभन्दा पनि सडकमा जान्नुपर्ने कुराहरू थाहा दिने गरी वार्षिक सोधिने प्रश्नहरूको सँगालो बनाउने छौँ र त्यसलाई प्रकाशन गर्ने छौँ। जनताले धेरैभन्दा धेरै जानुन् भन्ने हाम्रो उद्देश्य हो।

यसरी परीक्षा दिँदा परीक्षार्थीले कम्तीमा ८० अङ्क ल्याउनु पर्ने प्रस्ताव गरिएको छ,” हमालले भने। हाल लिखितमा ५० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था छ।

 

(gnewsnepal.com बाट साभार)

सिफारिस

मुख्य समाचार

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6
मुख्य समाचार

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
स्वास्थ्य

सुत्नु अघि यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा पर्ने गर्छ गम्भीर असर !!

बैशाख ६, २०७८
4
स्वास्थ्य

काचो प्याज खानुका यस्ता छन फाइदाहरू !!

बैशाख ६, २०७८
7
मुख्य समाचार

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क लगाएका यात्रु मात्र सवारी साधनमा चढ्न पाउने !!

बैशाख ६, २०७८
3
अर्को
योगा

अध्यात्म के हो ? अध्यात्म बारे केही रोचक जानकारी,आफुले पढेर जानकारीको लागि एक शेयर गराैँ ।

शरिरमा आएको अल्छीपना हटाउन अपनाउनुहोस् यी ५ उपाय !!

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In