बैतडी– बुधबार बैतडीका थप ८० जनालाई कोरोना बिरुद्धको खोप लगाईएको छ । जिल्ला अस्पताल बैतडीको खोप केन्द्रबाट ५५ जना महिला र २५ जना पुरुष गरी थप ८० जनालाई खोप लगाईएको हो ।
खोप लगाउनेहरुमा १७ जना स्वास्थ्यकर्मी, १३ जना सहयोगी कर्मचारी, ४० जना महिला स्वास्थ्य स्वयम सेबिका, ५ जना सरसफाईकर्मी, ४ जना एम्बुलेन्स चालक र १ जना कैदीबन्दी रहेका छन ।
माघ १४ गतेबाट बैतडीमा पनी खोप अभियान सुरु भएको थियो । बैतडीमा हालसम्म १ हजार १ सय ४४ जनालाई कोरोना बिरुद्धको खोप लगाईएको छ ।
भारत सरकारले नेपाल सरकारलाई १० लाख डोज कोरोना बिरुद्धको खोप अनुदानमा उपलब्ध गराए पछि अग्रपक्तीमा खटिएकाहरुलाई पहिलो चरण अन्र्तगत खोप लगाउने काम भईरहेको हो ।
स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वंयम सेबिका, ऐम्बुलेन्स चालक, सहचालक, सुरक्षाकर्मी र कैदीबन्दी लगायतका ब्यक्तिहरुलाई पहिलो चरणमा खोप लगाईरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभयो ।
(रेडियो बैतडी बाट साभार)