सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले गरेका ३२ ऐतिहासिक कामहरु

। कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले नगरपालिकामा ऐतिहासिक तथा जनप्रिय कामहरु गर्नुभएको छ । नगरप्रमुख विष्टले निर्वाचित भएको ३ वर्षमा समग्र कञ्चनपुर जिल्लाको मुहार फेर्ने गरेर उत्कृष्ट काम गर्नुभएको छ । नगरप्रमुख विष्टले निर्वाचित भएपछिको गरेको पहिलो काम कञ्चनपुरको जैविक मार्ग निर्माण हो ।

त्यस्तै पर्यटन मार्ग निर्माण, चक्रपथ निर्माण सुरु, दर्जनौ विभिन्न कानुन नगर सभा बाट पारित, सिँचाई नपाउने किसानलाई सिँचाइको ब्यवस्था, वसपार्क निर्माण, महाकाली नदीमा अन्त्येष्टि घाट निर्माण प्रक्रिया सुरु, तीन अर्बको क्षेत्रीय सहरी विकास आयोजना, भीनपाको आन्तरिक आम्दानी १२ करोड, नगरपालिका कार्यालयमा वर्षौदेखि थुप्रिएको फोहरको डंगु हटाइएको, नगरप्रमुख विष्ट महाकाली नदीमा ¥याफ्टिङ्गको सम्भाव्यता अध्ययन सुरु गनुृभएको छ, जुन योजना सफल भएमा विभिन्न देशका लाखौ पर्यटकहरु याफ्टिङ्गका लागि आउनेछन् जसबाट सहजै विदेशी मुद्रा आर्जन गर्ने सकिन्छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै नगरप्रमुख विष्टले गरेका अन्य लोकप्रिय कामका कारण खल्ला मुसेट्टीमा गाडी पुगेको छ । वर्षौैदेखि अन्धकारमा वस्न बाध्य दलित परिवारलाई सोलार वितरण गरिएको छ ।

Dirghayu Ads

महेन्द्रनगर बजारमा सिसिटीभी क्यामेरा जडान गरिएका छन । जसबाट बजारमा हुने विभिन्न अपराधिक क्रियाकलापको निगरानी गर्ने सकिने छ । त्यस्तै ताराकोटमा भ्यू टावरको सम्भाव्यता अध्ययन गरिएको छ ।

Sana Kishan

महेन्द्रनगर बजारमा बर्षौ देखि अव्यवस्थित ठेला बजार ब्यवस्थापन गरिएको छ । महेन्द्रनरमा सब्जिमण्डी व्यवस्थापन, छाडा चौपाया ब्यवस्थापन, एक वडा एक स्वास्थ्य चौकि, वडा कार्यालय भवन निर्माण, ५ बर्षमा नगरका सम्पूर्ण सडक कालो पत्रे अवधारणा, हरेक वडामा सामुदायिक भवन निर्माण काय, भीमदत्त नगरपालिका भित्र प्रशासनिक भवन व्यवस्थापन, गड्डाचौकिमा प्रवेशद्वार निर्माण कार्य, ७७ फिट अग्लो नेपाल आमाको मुर्ति भम्केनि धाममा निर्माण कार्यको लागि बजेट विनियोजन समेत नगरप्रमुख विष्टको तीन वर्षे कार्यकालमा सुरुवात गरिएको छ ।

सुरु भएका कामहरुलाई ५ वर्षभित्रमा सम्पन्न गर्र्ने लक्ष्य नगरप्रमुख विष्टको छ । त्यस्तै अन्य कामहरुमा गड्डाचौकिमा हेल्प डेस्क स्थापना, पर्यटन प्रवद्र्धनमा विशेष भुमिका, युवा उद्ययमिहरूका लागि विना व्याजदर क्रण, गड्डाचौकिमा ७७ फिट लामो नेपालको झण्डा निर्माण, रौटेलामा १९ फिट लामो त्रिशूल स्थापना, र १२ कुण्ड पुर्ननिमार्ण नगर प्रमुख विष्टले गरेका सबै कामलाई हेर्दा भीमदत्त नगरपालिकाले अहिलेसम्म नभएको विकासको गति लिएको छ ।

नगरप्रमुख विष्टले गरेका ऐतिहासिक कामहरुबाट नगरपालिकाका समृद्धि हुनेमा नगरवासीमा आशाको संञ्चार भएको छ ।

 

टिभी टुडे न्यूज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.