सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी घर बैतडी भएका चन्द अख्तियारको आयुक्त

पुख्र्यौली घर बैतडी भएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तमा नियुक्त हुनुभएको छ । गत मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले चन्दलाई आयुक्त पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो । सोही सिफारिश अनुसार बुधबार चन्दले शपथ ग्रहण गर्नुभएको छ ।

२०४४ सालमा प्रहरी निरीक्षक हुँदै नेपाल प्रहरीमा भर्ना भएका चन्द २०७३ सालमा प्रहरी महानिरीक्षकमा समेत नियुक्त हुनुभएको थियो । तर उहाँको नियुक्तिमा मुद्दा परेपछि उहाँले प्रहरी महानिरीक्षकको पद भने सम्हाल्न पाउनु भएन् । प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवा निवृत हुनुभएका चन्द अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा नियुक्त हुनुभएको हो ।

Sana Kishan

बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ बंसल्ला पुख्र्यौली घर भएका चन्द प्रहरी सेवामा रहँदा पनि नयाँ योजना बनाएर काम गर्ने व्यक्तिको रुपमा परिचित हुनुभएको थियो । आयुक्तमा शपथ ग्रहणपछि रेडियो निङ्गलाशैनीसंग कुराकानी गर्दै आयुक्त चन्दले संविधानले दिए अनुसारको जिम्मेवारी आफूले पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले सरकारले मलाई अख्तियारको आयुक्तमा नियुक्त गरेको छ । म नेपालको संविधान अनुसार मेरो जिम्मेवारी पूरा गर्छु ।’

World Link Ads
Mahakali Polytechnic

अख्तियारको आयुक्तमा नियुक्त भएपछि चन्दले संविधान,ऐन कानुन अनुसार सामूहिक रुपमा काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो टीम हुन्छ । टीमको योजना अनुसार संविधानको परिधि भित्र रहेर हामी काम गर्छौ ।’निङ्गलाशैनी

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.