सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओलीले हिन्दुराष्ट्र घोषण गरे जनताले समर्थन गर्छन्

काठमाडौं राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई साँच्चै हिन्दु राष्ट्र घोषणा गर्ने हो भने अधिकांश नेपाली जनताले समर्थन गर्ने दावी गरेका छन् ।

नेकपा प्रचण्ड नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले ओलीले माघ २३ गतेको कार्यक्रमबाट हिन्दुराष्ट्र घोषणा गर्न लागेको ‘विवादास्पद’ अभिव्यक्ति दिएपछि लोहनीको यस्तो प्रतिक्रिया आएका हो । पाण्डेले आइतबार माइतीघरमा प्रचण्ड नेपालको धर्ना कार्यक्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओली देशलाई हिन्दु राष्ट्र बनाउने योजनामा लागेको बताएका थिए ।

Sana Kishan

पाण्डेको अभिव्यक्तिपछि लोहनीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भुपू अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीजीले माघ २३ गते नेपाल हिन्दू राष्ट्र हुनु पर्ने कुराको घोषणा गर्ने भनी बोलेको सामाजिक सञ्जालमा पढियो। यदि ओलीजीले यो गर्नुभयो भने अधिकांश नेपाली जनताले त्यसलाई समर्थन गर्ने छन् ।’

World Link Ads
Mahakali Polytechnic

लोहनीको पार्टी राप्रपाले देशलाई हिन्दु राष्ट्र बनाइनुपर्नेमा जोड दिँदै आएको छ । पाथिभरा न्युज

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.