सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ब्लड क्यान्सर पिडित ‘रिता बचाउ’ अभियानमा अमेरिकाबाट भट्टको ५५ हजार सहयोग !

‍काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली गाँजरी बस्ने १३ वर्षीया रिता बोहरालाई ब्लड क्यान्सर भएपछि उपचारका लागि अभियान्ताहरुले आर्थिक सहयोग संकलन गरिरहेका छन् ।

उपचारको लागि कम्तिमा ३० लाख खर्च लाग्ने चिकित्सकको सल्लाहपछि देश भित्र र बाहिर रिता बचाऔँ अभियान सञ्चालन गरिएको हो । देश, विदेशबाट रकम संकलन भइरहेको छ । यस्तै रिताको उपचारका लागि अमेरिकाबाट जिवानन्द भट्टले सहयोग रकम संकलन गरि ५५ हजार रुपैँया सहयोग पठाएकोे छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ३ लुइटा भट्ट हाल अमेरिकामा बस्दै आएका छन् । उनी गोकुलेश्वर बहुमुखी क्याम्पसका पुर्व उपप्राद्यापक समेत हुन् ।

Sana Kishan

विदेशमा बसेर पनि नेपालमा दुखमा परेका मानिसहरुलाई सहयोग गर्ने उद्धेश्यले आफु र आफ्ना साथीहरुबाट सहयोग संकलन गरि पठाइएको भट्टले जानकारी दिए । दुःख परेका मानिसलाई सेवा गर्नु पूण्य कमाउनु भएको भट्टको भनाई छ । उनले विभिन्न समयमा नेपालमा यसरी नै सहयोग गर्दै आएका छन् ।

World Link Ads
Mahakali Polytechnic

रिता बचाऔँ अभियान देशभित्र दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलाली, झापा लगायत जिल्ला र विदेशमा भारत, मलेसिया, साउदी, दक्षिण कोरिया लगायत मुलुकमा सञ्चालन गरिएको अभियान्ता दिपक बिष्टले जानकारी दिनुभयो ।

 

 

(upaharkhabar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.