सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा ८ नम्बर वडा कार्यालय भवन नगर प्रमुखद्वारा उद्गघाटन ( फोटो फिचर )

काठमाडाैँ – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ८ को कार्यालयको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा वडा नं. ८ कार्यालयको उद्घाटन गरिएको हो ।
विगत भाडाको भवनबाट सेवा दिदै आइरहेको वडा कार्यालयले अब आफ्नै कार्यालयबाट सेवा दिने भएको छ ।

रु ५० लाख बिनियोजित भएतापनि ठेक्का प्रक्रियामा जादा मुल्य अभिबृद्धि कर बाहेक ३० लाखमा शिव शंकर निर्माण सेवासँग सम्झौता भएको थियो । ५ कोठा सहित प्यासेज भएको उक्त भवन निर्माण पश्चात आज उद्घाटन गरिएको हो । नगर प्रमुख चन्दले उक्त भवन शुभारम्भ गर्दै सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन लागि पर्ने र सबै जनप्रतिनिधिले पनि यस बिषयमा जिम्मेवार बन्नुपर्ने बताए ।

 

World Link Ads
Mahakali Polytechnic

यसअघि उक्त वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडाध्यक्ष दुर्गासिँह भण्डारीले बताए । वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह प्रभावकारी हुने उनको भनाइ थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, आलेप, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिक दलका प्रतिनीधि लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
अहिले बेदकोट नगरपालिकाका २ वडा हरुको पहिले नै भवन रहेको र बाँकि ४ वटा वडाहरुको भवन निर्माण सम्पन्न हुदैछ । यसैगरी ४ वटा वडाहरुको भने भवन निर्माण हुन बाँकि रहेको छ ।

Sana Kishan

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.