सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

वन मन्त्रीले गरेको घोषणा आर्यघाटमा दाउरा निःशुल्क : लागू कहिले ?

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २०, २०७७
1 min read

काठमाडौं । बुधबार आफ्नो आगामी कार्ययोजना सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्री प्रेम आलेले पशुपति आर्यघाटमा शव जलाउन आवश्यक पर्ने दाउरा निःशुल्क उपलब्ध गराउने योजना सुनाए । आर्थिक अभावका कारण शव जलाउन नपाउने अवस्थाको अन्त्य गर्न दाउरा निःशुल्क गर्ने योजना बनाएको उनले सुनाए ।

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

तर उनको घोषणा लागू भएको छैन । पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुका अनुसार मन्त्रीको योजनाबारे आधिकारिक जानकारी आएको छैन ।

तर पशुपति आर्यघाटमा शव जलाउन दाउरा शीर्षकमा शुल्क तिर्नु पर्दैन । साबिकको टिम्बर कर्पाेरेसन अफ नेपालले अन्तिम संस्कारको लागि प्रयोग हुने दाउराको लागि सहुलियत दिँदै आएको छ ।

वन तथा वातावरण मन्त्री प्रेम आले
पशुपति आर्यघाटमा प्रयोग गरिने दाउरा चुरे क्षेत्रमा काठ काट्दा प्रयोग गरिएका दाउराहरु हुन् । एउटा शव जलाउन मृतकको उचाइ र आकारको आधारमा ३०० देखि ४०० किलोसम्म पर्ने दाउरा खपत हुने गर्छ । र, ढुवानी खर्चका रुपमा दाउराको मूल्य प्रतिकिलो १० रुपैयाँ लिने गरिएको कोषको सार्वजनिक सेवा महाशाखा प्रमुख राजुकुमार रेग्मीले जानकारी दिए ।

झण्डै १५ रुपैयाँको हाराहारीमा पर्ने काठको ढुवानी शुल्क पनि घाटा खाएर वन निगमले काठ उपलब्ध गराउँदै आएको उनी बताउँछन् ।

त्यसो भए वनमन्त्री आलेको घोषणा कहिले लागू हुन्छ त ? मन्त्रीका विज्ञ सल्लाहकार यम बहादुर बमका अनुसार पशुपति आर्यघाटमा लाग्ने दाउरालाई निःशुल्क बनाउन मन्त्रालयले प्रक्रिया सुरु भइसकेको छ । अर्थमन्त्रालयबाट समेत स्वीकृति लिएर सबै प्रक्रिया अघि बढाउँदा यो योजना कार्यान्वयनमा आउन साढे २ महिनादेखि ३ महिनासम्म लाग्न सक्ने बम बताउँछन् ।

उनका अनुसार वन निगममार्फत हरेक वर्ष ३० लाख किलो काठ अन्तिम संस्कारमा खपत हुने गरेको छ । पशुपतिको आर्यघाटमा दाउरा निःशुल्क गर्दा यो संख्या ३० लाखबाट बढेर ५० लाख पुग्ने अनुमान वन तथा वातावरण मन्त्रालयले गरेको छ ।

नेपालमा गोरखा भूकम्पको बेलामा पनि सरकारले शव जलाउने काठदाउरा निःशुल्क दिने निर्णय गरेको थियो ।

 

 

(अनलाइनखबर बाट साभार)

सिफारिस

मुख्य समाचार

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2
मुख्य समाचार

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
मुख्य समाचार

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4
मुख्य समाचार

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
अर्को

राज्यकोषको सरकारी खर्च, प्रधानमन्त्री ओलीको ‘चुनावी’ दौडाहा !

प्रधानमन्त्री ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा छ: सुरेन्द्र पाण्डे

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In